Saturday, June 15, 2013

आजको पञ्चाङ्ग र राशीफल 16 june 2013


विक्रमसंवत् २०७० साल आषाढ ०२ गते आइतबार, ईश्वीसन् २०१३ जुन १६, नेपाल संवत् ११३३,

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
आज चिन्तन र अध्ययनका लागि त्यत्ति राम्रो दिन छैन । व्यापार व्यवसायमा भने ठिकठिकै छ । अनावश्यक गफगाफमा दिन बिताउनु पर्नेछ । तर्क र विवादमा पछि सर्नु नै राम्रो हुनेछ । बिहानको समयभन्दा साँझको समय बढी निराशाजनक रहने छ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
घरैमा बस्नेले पारिवारिक सुख प्राप्त गर्नुका साथै छोटो दूरीको रमाइलो यात्रा पनि गर्ने सम्भावना छ । व्यवसायिक क्षेत्रबाट फाइदा हुने योग छ । काम गर्दागर्दै अचानक निराशाको अनुभूति हुनेछ । अचानक रिस पनि उठ्नसक्छ, संयमता अपनाउनु बेस हुनेछ ।


मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
समय मध्यम खालको छ । राम्रो नराम्रो दुबैखाले समाचार सुन्न पाउनु हुनेछ । विभिन्न ठाउँको यात्रा हुने समय आएको छ । आजको थोरै प्रयासले विदेश र उपलब्धिमूलक यात्रा हुन सक्छ । व्यापारी र कर्मचारीका लागि आजको दिन सन्तोषजनक रहनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
आजको दिन सामान्यतया ठिकैको दिन मान्दा हुन्छ । वैदेशिक व्यापार, कृषिव्यवसाय र नोकरी गर्नेका लागि सन्तोषजनक रहने छ । विद्यार्थीका लागि त्यति राम्रो दिन छैन । समाजसेवा गर्दा प्रशंसा प्राप्त हुने योग छ । अरुले गरेका कामको गुणदोष सबैको जिम्मा लिनु पर्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
आजको दिन मिश्रित फलदायी रहेको छ । उतारचढाव आएपनि व्यापारबाट राम्रै नाफा मिल्नेछ । साँझपख अचानक धन लाभ हुनसक्छ । दाम्पत्य जीवनमा उतारचढाव आउने भएकाले व्यवहारमा संयमता अपनाउनु बेस हुनेछ अनि मात्र आजको दिन अनुकूल हुनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
दिनको सुरुआतमा मन खिन्न भएपनि क्रमशः समस्याहरु सुल्झँदै जानेछन् । बेलुका मनोरञ्जन र खेलवाडतिर लागिने छ । धेरै दिनपछि बितेका समयको मूल्याङ्कन गर्न जाँगर चल्नेछ । आज पारिवारिक समस्याले मन खिन्न हुनेछ । दाम्पत्य सम्बन्धमा पनि तालमेल हुँदैन ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
राम्रो समय आएको छ । सामाजिक तथा साँस्कृतिक कार्यक्रममा सहभागी हुनुपर्ला । विशेष कामप्रति रुचि जागृत हुनेछ । अपमान वा अपजस सहनु पर्ने हुनसक्छ । दैनिक कामकाज सजिलै सम्पन्न हुनेछन् । शत्रुहरु पराजित हुनेछन् । सानोतिनो यात्रा हुने सङ्केत छ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
असल समय छ । समाजसेवा गर्दा प्रशंसा प्राप्त हुने योग छ । अरुले गरेका कामको गुणदोष सबैको जिम्मा लिनु पर्नेछ । कामको दायित्व थपिने छ धैर्य गर्नुहोस् । परिवारमा विशेष धार्मिक कार्य सम्पन्न हुनेछ । धार्मिक कार्यको लागि तपार्इं स्वयं लाग्नु पर्नेछ । आम्दानीमा कमी आउने छैन ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
आज रातो गाइलाई खानेकुरा प्रदान गर्नुभयो भने चिताउँदै नचिताएको कुनै एउटा महत्वपूर्ण कार्य सिद्धि हुने छ । अनि आज विपरीतलिंगीसँग विनम्र भावले व्यवहार गर्दा धेरै फाइदा हुने योग छ । समाजसेवा गर्दा प्रशंसा प्राप्त हुने योग छ । शुभ कुराको संकेत मिल्नेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
प्रतिकूल समय चल्दैछ । मनमा अशान्ति र छटपटी व्याप्त हुने छ । पेट र नसा सम्बन्धी रोग देखिन सक्छ । आँखाको समस्या पनि आउन सक्छ । लामो दूरीको यात्रा हानीकारक हुनसक्छ । यात्राको योजना छ भने स्थगित गर्नु बेस हुन्छ । समस्याबाट मुक्त भएर बस्न कठिन हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
नोकरी, पशुपालन र कृषिव्यवसायमा संलग्न व्यक्तिका लागि आजको दिन अनुकूल हुनेछ । अध्ययनअध्यापन कार्यमा बाधा उत्पन्न हुनेछ । व्यापारबाट सामान्य लाभ नै हुनेछ तर मध्याह्नपछि मन्दी छाउनेछ । भोगविलासमा मन जानेछ । सृजनात्मक सफलता मिल्नेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
दुःख र झमेला व्यहोर्नु परे पनि आज आम्दानीको बाटो राम्रो छ । परदेशीहरुले त बेलुकी दिनभरि कमाएको खानपान र मनोरञ्जनमा सिध्याउन बेर लाउँदैनन् । परिवारमा रमाइलो जमघट र नौलो मान्छेको आगमन हुने सङ्केत छ । प्रेम सम्बन्धमा भने तिक्तता आउने योग छ ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नु होस् ।

0 comments:

Post a Comment