Friday, June 14, 2013

बलिउडदेखि बलिउडसम्म सुनील थापा

काठमाडौ, जेष्ठ ३१ - बलिउडबाटै फिल्म करिअर थालेका सुनील थापा यतिबेला बलिउडमै पुगेका छन् । २ सय ५० भन्दा बढी नेपाली फिल्ममा नकारात्मक चरित्र गरेका उनी अब सञ्जय लीला भन्सालीको नयाँ फिल्म 'मेरी कोम' मा बक्सिङ प्रशिक्षकको रूपमा देखिँदै छन् ।
नायिका पि्रयंका चोपडाको को-स्टारको रूपमा उनी अनुबन्धित भएको उनी निकट स्रोतले खुलाएको छ । सन् सत्तरीको दशकमा मुम्बईमा आईएस्सी पढ्दै गर्दादेखि नै मोडलिङ र फिल्मतिर तानिएका उनी उतिबेलै मुम्बुईमा प्रोफेसनल फुटबलर थिए । कोलकाताबाट प्रकाशित हुने स्टेटम्यान्स पत्रिकामा लामो समय रिपोर्टर र फोटो पत्रकार भएर काम गरेका उनी सन् १९७४ मा भुटानी राजा जिग्मेसिंगे वाङचुकको राजगद्दी आरोहणमा पत्रकार भएर पुग्दा त्यहीँ हलिउड स्टार देवानन्दसँग भेट भएको थियो ।
'देवानन्दले मलाई सुनील तिम्रो फेस इन्टरेस्टिङ छ फिल्म खेल भने,' केही अघि उनले विगत सम्भिmँदै कान्तिपुरलाई भनेका थिए, 'त्यसपछि देवानन्दले आफ्नै दाइ चेतन आनन्दलाई भेटाइदिए, अनि चेतनकै 'साहेब बहादुर' मा मुख्य भिलेन रोल पाएँ, जहाँ टम अल्टर पनि सँगै थिए ।' नाना पाटेकर फिल्ममा आउँदा उनले बलिउडमा सात वर्ष बिताइसकेका थिए । त्यसयता उनी झन्डै डेढ दर्जन हिन्दी फिल्ममा देखिए । सन् १९७९ को मध्येतिर उनी अभिनीत 'एक तुजे के लिए' ले माइल स्टोन लभस्टोरीको रूपमा बलिउडमा हंगामा नै मच्चाएको थियो । त्यसको केहीअघि नै फुपाको बरखीका लागि काठमाडौं आउँदा विश्व बस्नेत, पुरन जोशी, अर्जुनजंग शाही, शिव श्रेष्ठ, अशोक शर्मा, शम्भुजित बाँस्कोटा लगायतसँग भेटघाट भएपछि तुलसी घिमिरेको 'चिनो' मा राते काइँला बनेर देखा परेका थिए । तीन दशकको नेपाली फिल्म यात्रामा प्रायः नेगेटिभ रोलमा जमेका उनी 'राते काइँला' नामबाट लामो समय चर्चामा समेत रहे । पछिल्लो समय भने उनी आफू पोजेटिभ रोलको खोजीमा रहेको बताउँदै आएका थिए । हालै बलिउड नायिका पि्रयंका चोपडाका पिता अशोक चोपडाको अन्तिम संस्कारमा फुलेको दाह्रीसहित देखिएका उनी सञ्जयलीलाको फिल्ममा अनुबन्धित भएका हुन् । भारतीय बक्सर खेलाडी मेरी कोमको जीवनीमा आधारित फिल्ममा पि्रयंका मेरीकै भूमिकामा देखिनेछन् भने सुनीलचाहिँ उनको बक्सिङ गुरुको भूमिकामा ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नु होस् ।

0 comments:

Post a Comment