Saturday, June 22, 2013

आफ्नै आमाले छोरीलाई गर्भवति बनाएपछि

के तपाईले कल्पना गर्न सक्नुहुन्छ ? कोई आमा आफ्नो नाबालक छारीलाई अरु कसैकालागी बच्चा जन्माईदीने आमा बनाउँन तयार हुन्छीन भन्ने । ब्रिटेनको लण्डन हाईकोर्टले यस्तै काम गर्ने एक आमालाई ५ बर्षको जेल सजाय सुनाएको छ । सजाय सुनाईएकी ति महिलाले आफैले जन्माएकी छोरीलाई अरु कसैको लागी बच्चा जन्माईदिनका लागी बाध्य बनाएकी थिईन ।

अदालतमा पेश गरीएका दस्ताबेज अनुसार सन् २००८ मा उनको उमेर जम्मा १४ बर्षको थियो । उनकी आमाले डेनमार्कको क्रायोस शुक्राणु बैक बाट वीर्य खरीद गरेर दुई बर्षको अबधीमा कुल सात पटक सम्म ईन्जेक्सनबाट उनको पाठेघरमा वीर्य पठाएर गर्भवति गराएकी थिईन । १४ बर्षमा गर्भवति भएकी ति युवतिले १७ बर्षमो उमेरमा एउटा छोरी जन्माएकी थिईन ।

छोरी जन्माएपनि उनकी आमाले भने उनलाई शिशुलाई स्तनपान गराउन भने दिएकी थिईनन् । उनकी आमाले नवजात शिशु र जन्मदिने युवति बिच भावनात्मक सम्बन्धको बिकास नहोस भने स्तनपान पनि गराउन दिएकी थिईनन् ।

केही स्वास्थ्य कार्यकर्ताले यो सम्बन्धि सुचना प्राप्त गरेपछि यासको सुचना पुलिसलाई दिएका थिए । पुलिसको अनुसन्धान पछी यो कुरा सार्वजनिक भएको थियो । घटना सन् २०१२ को भएपनि ढीलो गरी मिडिीमा आएको अमर उजालाको अनलाईन संस्करणमा प्रकाशित छ ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नु होस् ।

0 comments:

Post a Comment