Saturday, June 22, 2013

आठ वर्षीय बालकले ६१ वर्षीया बृद्धासँग विवाह गरे !

एजेन्सी, दक्षिण अफ्रिकामा एक आठ वर्षीय बालकले ६१ वर्षीया वृद्धासँग लगन गाँठो कसेका छन् । सेनेले मासिलेला नामका स्कुले बालकले मृत भैसकेका पुर्खाको आदेशको हवावा दिंदै पाँच बच्चाकी आमा विधवा हेलेन शाबाङ्गुसँग विवाह गरेका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।


दक्षिण अफ्रिकाको शवानेमा झण्डै एक सय अतिथि उपस्थित वैवाहिक समारोहमा ती बालक र वृद्धाले औंठी साटासाट र चुम्बन गरेका थिए ।

मृतक पिता–पुर्खाको आत्माले शान्ति पाओस् भन्नका लागि विवाह गरेको बेहुला बालकले जनाएका छन् । विश्वले नै अचम्म मान्नेगरी भएको विवाह औपचारिक नमानी केवल रीत पूरा गरेको रुपमा लिन बेहुलाका परिवारले आग्रह गरेका छन् ।

बालकले ती वृद्धालाई मन पराउने भएकाले विवाहका लागि उनलाई नै रोजिएको परिवारले जनाएको छ । विवाहपछि उक्त बालकले भने खुसी ब्यक्त गरेका छन् ।

त्यसैगरी ती वृद्धाका छोराछोरीले पनि सो विवाहलाई लिएर खुसी ब्यक्त गरेका छन् ।

उक्त जोडीले विवाहको सम्पूर्ण रीति पूरा गरेपनि वैवाहिक सर्टिफिकेटमा भने हस्ताक्षर गरेका छैनन् भने यो जोडी एकअर्कासँग सँगै पनि रहँदैनन् । यो मात्रै एक ‘धार्मिक कार्य’ भएको जनाइएको छ ।

समाचारका अनुसार यो जोडी कानूनी रुपमा भने विवाहित मानिएका छैनन् । त्यस्तै बालकले पनि आफू ठूलो भएपछि आफूसरहकै युवतीसँग विवाह गर्ने प्रतिक्रिया व्यक्त गरेको जनाइएको छ ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नु होस् ।

0 comments:

Post a Comment