Friday, June 28, 2013

सेक्स मनपराउने हिरोइन र निखिलको जुहारी

शुक्रबार नेपाली चलचित्र प्रदर्शनमा आउने प्रथालाई पछ्याउँदै आजबाट २ सिनेमा प्रदर्शनमा आएका छन् । शंकर आचार्यको निर्देशनमा राज आचार्यको प्रस्तुती रहेको चलचित्र ‘लभ फरेबर’ले देशभरका हल पाएको हो । सेक्स र प्रेमको कथालाई रोमाञ्चक तबरले प्रस्तुत गरिएको यो चलचित्रमा सुमिना घिमिरे, निरज बराल र गजित बिष्टको मुख्य भूमिका छ । चलचित्रमा नायिका घिमिरे ‘आइ लभ सेक्स’ भन्दै दर्शकमाँझ आएकी छिन् ।

यस्तै शुक्रबारबाट नै स्वर्गीय निर्देशक दिपक रायमाझीको निर्देशनमा तयार भएको चलचित्र ‘लभ स्टोरी २०६६’ पनि प्रदर्शनमा आएको छ । चलचित्रमा निखिल उप्रेती, अर्जुन कार्की, संचिता गुरुङको मुख्य भूमिका छ । चलचित्रमा नायिका पुजा लामाले एक गीतमा आइटम नृत्य पनि गरेकी छिन् । नायक निखिल उप्रेतीले पुन नेपाली सिनेमा नखेलेको खण्डमा यो चलचित्र नै अन्तिम हुने देखिएको छ ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नु होस् ।

0 comments:

Post a Comment