Tuesday, June 18, 2013

सुस्ता सहित डेढ सय गाउँ डुबान खतरामा

चितवन — सिंचाइका लागि भारतको उत्तर प्रदेश र बिहार पानी लैजान बनाइएको गण्डक बाँध कारण नेपाली गाउँ डुबानको खतरामा परेका छन्। नारायणी पारिको सुस्ता र वारिका डेढ सय गाउँ डुबानको खताराले त्रसित छन्। बाढी आएसँगै गण्डकबाँध हुँदै भारत जाने पानी नहरमा नपठाई बाँधका ढोका खोलिएका छन्।

बेगले बगेको नारायणीले नेपाली गाउँमा कटान थालेको छ। नदी छोएका केही गाउँका खेतबारी बगाइसकेको छ भने अरुतिरका स्थानीय बाढी पस्ने त्रासमा छन्।

गण्डकबाँध भत्किए विग्रिए भारतले बनाउने सहमतीमा उल्लेख छ। तर ठाउँ ठाउँमा भत्किएका ठोकर र बाँध समयमै मर्मत नहुँदा स्थिति भयावह बनेको हो।

'गएको वर्ष एकसय ६३ मिटरको १२ नम्बरको ठोकर बाढीले भत्काएर सोमबारसम्म ५३ मिटर बनायो स्थानीय प्रेमचन्द गुप्ता भन्छन्- 'मंगरबार बिहान थप दशमिटर बढी भत्काएर ४० मिटरमा ठोकर खुम्चिसक्यो।' १२ नम्बर जस्तै ११ र १३ नम्बरका ठोकर गाउँ जोगाउन नदी तटमा निर्माण गरिएका हुन। तर अविरल वर्षापछिको बाढीको बेग थेग्न नसकेपछि ती ठोकरहरु गाउँतिरै खुम्चिदै गएका छन्।

'वर्षदिन अघि तत्कालिन प्रधानमन्त्री बाबुराम भट्टराई आएर तत्काल बनाउन पहल गर्छु भन्नुभयो त्यसको एकवर्षमा पनि भत्केका ठोकर निर्माण भएनन्], उनी भन्छन्- 'परिणाम नारायणीको वेग गाउँतिर सोझिदैछ।'

भिडियो हेर्न यहाँ तल क्लिक गर्नु होस् ।

0 comments:

Post a Comment