Sunday, June 23, 2013

महिला पत्रकारले कृत्रिम लिङ्गलाई च्याउ ठानेर रिपोर्टिङ गरेपछि... (भिडियोसहित)

असार ९- चीनमा इनार खन्ने क्रममा फेला परेको अनौठो बस्तुलाई च्याउ भनेर रिपोर्टिङ गर्ने एक महिला पत्रकारलाई लाजमर्नु भएको छ ।

चीनको जियाङ सहरको एक टेलिभिजनकी महिला पत्रकारले च्याउ भनेको बस्तु कृत्रिम लिङ्ग भएको पुष्टि भएपछि उनलाई लाजमर्नु भएको हो ।

लिङ्गलाई च्याउ भनेर प्रशारण गर्ने टेलिभिजनले समेत समाचारको विषयलाई लिएर दशर्कसामु टेलिभिजनले समेत शिर झुकाएर क्षमा माग्नु परेको छ ।

एक गाउँमा इनार खन्ने क्रममा फेला परेको उक्त बस्तुको दुवैतिर च्याउकोजस्तै कान निस्किएको देखिएपछि महिला पत्रकार योनफेंग ये ले यसलाई दूर्लभ च्याउ फेला परेको भन्दै 'प्रिजेन्टेसन टु क्यामेरा' पिटुसी समेत खिचेर निकै महत्वका साथ रिपोर्टिङ गरेकी थिइन् ।



उनले स्थानीयको भनाइ समेत समाचारमा संलग्न गरेकी थिइन् । गाउँमा यस्तो कृत्रिम यौन खेलौना फेला पर्ला भनेर दश मनमा एक मन पनि नसोचेकी उनले यो च्याउ औषधिका रुपमा प्रयोग गर्ने भन्दै प्लास्टिकको बाटामा हालेर वल्टाई पल्टाई भिडियो खिचेर स्कुप मारेकी थिइन् ।

गत जुन १७ मा टेलिभिजनमा यस्तो समाचार आएपछि दर्शकले प्रशारण गरेको समाचार सामाग्रीप्रति शंका गर्दै यो च्याउ नभएको दाबी गरेका थिए ।



यो बस्तु च्याउ नभएको भन्दै शंकाका दृष्टिकोणले टेलिभिजनमा नै गुनासो आएपछि फेला परेको बस्तुबारे छानविन गरिएको थियो ।

त्यसक्रममा यो च्याउ नभएर कृत्रिम योन खेलौना लिङ्ग भएको रहस्य पत्ता लागेको छ । भर्खरै टेलिभिजनमा रिपोर्टि करिअर सुरु गरेकी योनफेंगको कच्चा कामप्रति असन्तुष्ट हुँदै उनलाई समेत टेलिभिजन व्यवस्थापनले स्पष्टीकरण सोधेको खबर छ ।

भिडियो हेर्नुहोस्

नेपाली भाषामा हेर्नको लागि तल को भिडियो हेर्नुहोला

भिडियो हेर्न यहाँ तल क्लिक गर्नु होस् ।

0 comments:

Post a Comment