Wednesday, June 19, 2013

किशोरी बलात्कार गर्ने प्रहरीलाई ७ वर्ष कैद

संखुवासभा, असार ५ - पन्ध्र वर्षकी किशोरीलाई बलात्कार गर्ने प्रहरीलाई जिल्ला अदालत चैनपुर संखुवासभाले ७ बर्ष कैदको फैसला गरेको छ ।
याफू ८ की किशोरीलाई बलात्कार गरेको अभियोगमा पक्राउ परेका ताम्कु प्रहरी चौकीका जवान अमृत राईलाई जिल्ला न्यायाधीश शालिग्राम कोइरालाको इजलासले ७ वर्ष कैदको फैसला गरेको हो ।
राईलाई २५ हजार रुपैया“ क्षतिपुर्ति भराउने समेत भनिएको स्रेस्तेदार इन्द्रकमल प्रधानले बताउनुभयो ।
बलात्कार गरेको अभियोगमा प्रहरीले राईलाई ०६८ चैत १५ गते प्रहरीले पक्राउ गरेको थियो । महेश्वरी माध्यमिक विद्यालय ताम्कू परीक्षा केन्द्रबाट एसएलसी परीक्षा दिएर फर्कर्ने क्रममा राईले ती किशोरीलाई बलात्कार गरेका थिए ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नु होस् ।

0 comments:

Post a Comment