Friday, June 21, 2013

रेखा र छविको भिडन्त दशैंमा

काठमाडौं, – नायिक रेखा थापा र उनका पूर्वपति निर्माता छवि ओझा दशैंमा एक अर्कासँग भिड्दैछन् ।
पति पत्नी नै भएपछि अहिले छुट्टा छुट्टै बस्न र काम गर्न थालेका नायिका थापा र निर्माता ओझाबीच वास्तविक जीवनमा नभई दुवैले निर्माण गरेका चलचित्रहरुबीच आगामी दशैंमा भिडन्त हुन लागेको हो । रेखाले बनाएको चलचित्र ‘काली’ र छविले बनाएको चलचित्र ‘लोफर’ दशैंमा भिड्ने भएका हुन् ।
दुबै चलचित्र एउटै डेटमा रिलिज हुने सम्भावना बढेर गएको छ । यदि हल ब्ययसायी सहमत भएमा यो भिडन्त पक्का छ । निर्माता छवि ओझाले दशैंको फूलपातीमा चलचित्र रिलिज गर्ने भनेर निकै अगाडी नै घोषणा गरिसकेका छन् ।
नायिका रेखाले पनि दशैमा चलचित्र रिलिज गर्ने टार्गेट राखेर चलचित्रको सुटिङ धमाधम अगाडी बढाइरहेकी छिन् । निर्माता छवि ओझा आफ्नो चलचित्रसँग जुनसुकै चलचित्र जुध्न आए पनि आफू पछाडी नहट्ने बताउँछन् ।
दशैंमा एउटै मात्र चलचित्र रिलिज नभई अरु चलचित्र पनि रिलिज हुने भन्दै ओझा भन्छन्, ‘अरुसँग ब्यापारको भाग साझेदारी गर्नुभन्दा आफ्नै सन्तानसँग गर्नु फाईदा नि !’ निर्माता छवि नायिका रेखालाई आफुले जन्माएको सन्तान मान्छन् ।
रेखा पनि छविलाई ड्याडी भनेर सम्बोधन गर्छिन् । तर पछिल्लो समयमा यी दुई अलग अलग बस्ने मात्रै होइन, काम पनि अलग अलग गर्न थालेका छन् । विशेषतः छवि क्याम्पमा आर्यन सिग्देलको पुनः प्रवेश भएपछि यस्तो देखिएको हो ।
पूर्वपति पत्नीबीचको यो भिडन्त कस्तो हुने हो त्यो भने हेर्न बाँकी छ । आफ्नो निर्णयबाट पछि नहट्ने अडानमा देखिएकी रेखा भन्छिन्, ‘भोलि जे पनि हुन सक्छ ।’ दशैंमा नै चलचित्रको रिलिज गर्ने योजना बनाएको उनको भनाइ छ ।
चलचित्र ‘काली’ रेखाले बनाएको पहिलो चलचित्र हो । रेखा फिल्मसको ब्यानरमा बनेको चलचित्र काली नारीप्रधान चलचित्र रहेको उनले बताइन् । चलचित्रमा उनी स्वयं लिड रोलमा देखिएकी छिन् ।
चलचित्र कालीका अन्य कलाकारहरुमा किशोर खतिवडा, कमलकृष्ण, शिरु विष्टलगायत छन् । हिमग्याप टाँसीले निर्देशन गर्ने बताइए पनि अन्ततः सविर श्रेष्ठले चलचित्रको निर्देशन गरिरहेका छन् ।
हिमग्यापले चलचित्र भीमदत्तको निर्देशन गर्न थालेपछि चलचित्रमा सविरलाई लिइएको हो । चलचित्रमा संगित भने महेश खड्काले दिएका छन् ।
चलचित्र ‘लोफर’मा भने आर्यन सिग्देल देखिँदैछन् । लामो समयपछि छवि क्याम्पबाट रेखाको बर्हिगमनसँगै आर्यनको प्रवेश भएको छ ।
लचित्रका अन्य कलाकारहरुमा शुसिलराज पाण्डे, दयाहाङ राई, सागर लम्साल, कमलमणी नेपाल, रजनी केसी, अनुपमा शर्मालगायत छन् ।
चलचित्रमा संगित सोनाल सापकोटाको रहेको छ भने द्वन्द्व चन्द्र पन्तको छ । चलचित्रलाई मदन काश्यमले खिचेका
हुन ।
‘काली’ र ‘लोफर’ दुबै एक्सन फिल्म भएपनि ‘लोफर’मा कमेडीले पनि उच्चस्थान पाएको छ । लोफरको निर्देशन नवनिर्देशक आदित्य विक्रम लम्सालले गरेका छन् ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नु होस् ।

0 comments:

Post a Comment