Thursday, June 20, 2013

ऋतिककै ज्याकेट महँगो

मुम्बई – ऋतिक रोशनको ज्याकेटले सलमानको ट्राउजर र रणवीरको ज्याकेटलाई उछिन्दै सबैभन्दा बढी पैसा दिलाउन सफल भएको छ। दुबईमा हालै भएको लिलाममा ऋतिकको पर्सनल कलेक्सनमा रहेको ज्याकेटले ११ हजार दिराम (युएई मुद्रा) प्राप्त गर्दै सलमान र रणवीरलाई उछिनेको हो। लिलाममा दीपिका पादुकोण, करिना कपुर लगायतका कलाकारका लुगा पनि राखिएको थियो।

विशेष खाले बालबालिकाका लागि पैसा जुटाउन आयोजना गरिएको सो लिलाममा दीपिकाले 'रेस २' मा लगाएको रातो ककटेल लुगा ८ हजार दिराम र 'हिरोइन' फिल्ममा करिना कपुरले लगाएको कुर्ता सलवार १० हजार दिराममा लिलाम भएको थियो।
त्यसैगरी रणवीर कपुरले 'रकस्टार' फिल्ममा लगाएको लेदर ज्याकेटले १० हजार दिराम पाएको थियो भने सलमान खानले सिरियाबाट ल्याएको निलो सर्ट र जोडा ट्राउजरले पनि १० हजार दिराम नै प्राप्त गरेको थियो।
कालो रङको ऋतिकको सो ज्याकेटलाई लिलाममा सबैभन्दा बढी पैसा प्राप्त भएपछि यही अनुमान गर्न सकिन्छ कि फिल्म कम खेले पनि ऋतिकको क्रेज कम रहेनछ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नु होस् ।

0 comments:

Post a Comment