Monday, July 1, 2013

सुत्ने क्रममा लापरवाही गरिएमा मोटो भइन्छ

वासिङ्टन, असार १७, धेरै ढिला सुत्ने र कम निद्रख लिनेहरूका लागी यो समाचारले सावधान हुनु पर्ने भएको छ । किन भने यस्तो गर्नाले मानिसहरू मोटोपनको शिकार हुन सक्दछन । हालै गरिएको एक अध्ययनले यस कुराको खुलासा गरेको हो ।

अमेरिकी अनुसन्धानकर्ताहरूले गरेको अध्ययनका क्रममा ढिला तथा कम सुत्ने मानिसहरू मोटोपनको चपेटमा आउने आशंका निकै बढ्ने गर्दछ, किनभने उनीहरू रातीको समयमा पनि क्यालोरीको धेरै उपभोग गर्दछन ।

पेन्सिलभेनिया विश्वविद्यालयमा यो अध्ययन गरिएको थियो । यस अध्ययनमा २२५ जना स्वस्थ मानिसहरू सहभागी भएका थिए । जसमा २२ बर्षदेखि ५० बर्ष सम्मका मानिसहरू थिए ।

अध्ययनमा पाइए अनुसार मात्र चार घण्टाको निद्रा लगातार पांच रातसम्म लिने मानिसहरूको तौंल ती मानिसहरूको तुलनामा निकै बढेको थियो, जो १० घण्टाको निद्रा लिने गर्दछन ।
अनुसन्धानमा सहभागी आन्द्रिया स्पेथले बताए अनुसार पहिलेको यस अध्ययनमा कम सुत्ने र तौलको सम्बन्ध हुन्छ । तर हामी यस अध्ययनले अचम्मित भयौं ककि कम सुत्ने र ढिला सुत्नाले मानिसहरूको तौल यति धेरै बढ्दछ ।

(एजेन्सी)

भिडियो हेर्न यहाँ तल क्लिक गर्नु होस् ।

0 comments:

Post a Comment