Wednesday, July 10, 2013

तेक्वान्दो खेलाडी हेमा र हमाल ‘हँसिया’मा

तेक्वान्दो खेलाडी हेमा श्रेष्ठ र नेपाली सिनेमाका चर्चित नायक राजेश हमाल अब एउटै पर्दामा देखिने भएका छन् । मिलन चाम्सको सम्पादन तथा निर्देशनमा तयार हुन लागेको ‘हँसिया’मा राजेश र हेमाको जोडीलाई देख्न सकिनेछ ।नेपाली समाजमा विद्यमान हत्या हिंसाको विरुद्धमा कसरी लाग्नुपर्दछ भन्ने बिषयलाई यो सिनेमाले उठान गर्ने बताइएको छ । घाँस काट्ने हँसियाले चलचित्रमा भने अपराधलाई काट्ने बताइएको छ ।

चलचित्रमा पूर्व मिस नेपाल रुवी राणाकी छोरी प्रशंसा शाह बालकलाकारको रुपमा देखिदैछिन् । अनुप सापकोटाको कथा, कल्याण सिंहको संगीत, राजकुमार उप्रेतीको द्वन्द्व, रामकुमार केसीको छायांकन रहने यो चलचित्रलाई सोम श्रेष्ठ र जितेन्द्र चेम्जोङले निर्माण गर्न लागेका हुन् । चलचित्रमा अनुप विक्रम शाही, विशाल ढुंगाना, आलोक कार्की, विजय कुँवर, करन राई, शिशिर राना लगायतका कलाकारलाई पनि देख्न सकिनेछ ।चलचित्रका लागि एडभान्स फिल्म मेकिङ इक्यूपमेन्टहरु प्रयोग हुने भएकाले दृश्यहरु रोमाञ्चक बन्ने विश्वास निर्माणपक्षको छ । खेलाडीबाट नायिका बन्न लागेकी हेमाले नायक राजेश हमालसँग काम गर्न पाउँदा खुशी लागेको बताइन् । चलचित्रमा हमाल प्रहरी अधिकृतको भूमिकामा देखिदै छन् भने हेमा उनको सहयोगीको रुपमा देखिन लागेकी छिन् ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नु होस् ।

0 comments:

Post a Comment