Wednesday, July 24, 2013

विदेशमा यसरी बन्धक बने आठ नेपाली

राम्रो जागिरको लोभमा युरोपेली मुलुक ग्रिस पुगेर अपराधिक समूहबाट बन्धक बनाइएका आठजना नेपाली सकुशल उम्किएर नेपाल आइपुगेका छन् ।
कुबेतमा कार्यरत नेपालीहरुलाई आपराधिक गिरोहले गि्रसमा राम्रो जागिरको लोभ देखाई ग्रिस र टर्कीको सीमानामा पुर्‍याएका थिए । पीडितले नेपाल प्रहरीलाई दिएको बयानअनुसार आपराधिक गिरोहले १४ सयदेखि १७ सय युरोसम्मको जागिरको लोभ देखाएर लगेको थियो । उनीहरुलाई ग्रिस पुगेर कमाएपछि ३ लाख दिनु भनिएको थियो । तर, सीमा क्षेत्रमा पुर्‍याएपछि सो समूहले उनीहरुलाई बन्धक बनाई घरमा २०/२० लाख रुपैयाँ फिरौती मगाउन लगाएको थियो ।
पीडितका अनुसार २ जनाले २०/२० लाख फिरौती घरबाट मगाएर दिइसकेका थिए भने केहीले ४/५ लाखदेखि १२ लाखसम्म बुझाएका थिए । महानगरीय प्रहरी अपराध महाशाखाका डीएसपी शिवकुमार श्रेष्ठका अनुसार २० लाख बुझाएपछि पनि गिरोहले पीडित नेपालीहरुलाई राम्रो जागिरको लोभ देखाई थप साथीहरु मगाउन लगाएको थियो ।
ग्रिस लैजाने क्रममा भुवन भण्डारीको बाटैमा मृत्युभएको थियो भने ओमानबाट जान नमानेका मोहम्मद सिद्दिकीलाई कुटपिट गरी घाइते बनाएका थिए । भागेर ओमान प्रहरीकहाँ पुगेका सिद्दिकी केही समय पहिले नै नेपाल फर्किसकेको प्रहरीले जनाएको छ ।
पैसा दिँदा पनि नछाडेपछि नेपालीहरुले अपहरणकारीहरुसँग लडेर भागेको र ग्रिस प्रहरीको सम्पर्कमा पुगेका थिए । ’पैसा बुझाउँदा पनि नछाडेपछि नेपालीहरुको समूहले विद्रोह गरी भागेर गि्रस प्रहरीकोमा पुगेछन्’ डीएसपी श्रेष्ठले पीडितको बयानलाई उद्धृत गर्दै भन्नुभयो । ग्रिस प्रहरीको नियन्त्रणमा रहेका उनीहरुलाई कूटनीतिक तथा प्रहरीको च्यानलबाट नेपाल फर्काइएको हो । उनीहरु निकै विक्षित अवस्थामा थिए । उनीहरु खुलेर कुरा गर्न सक्ने अवस्थामा समेत छैनन् । ‘झण्डै ४ महिना भयो’ घर फर्किएका मध्येका एक कुसाङले अनलाइनखबरसँग भन्नुभयो-’२ महिना त हामीलाई बन्धक बनायो ।’
मंगलबार काठमाडौं आइपुगेका उनीहरुलाई प्रहरीले जिम्मा लिई बुधबार घर पठाएको छ । घर फर्कनेहरुमा दलबहादुर बढाथोकी, तुलबहादुर घर्तिमगर, तिलकबहादुर पुन, चित्रबहादुर पुन, कुसाङ तामाङ, सुरेश तामाङ, चित्रबहादुर पुन, मेखबहादुर छन्तयाल र झपिन्द्र खड्का छन् । प्रहरी स्रोतका अनुसार बन्धक बनाइएकाहरुको घरबाट फिरौती मागेपछि एकले प्रहरीले उजुरी गरेका थिए । त्यसपछि अपराध महाशाखाले छानविन सुरु गरेको थियो ।
nayanews.com bata

भिडियो हेर्न यहाँ तल क्लिक गर्नु होस् ।

0 comments:

Post a Comment