Tuesday, July 9, 2013

विवाह अघि सेक्स गर्नेलाई करोडौं जरिवाना

पछिल्लो समय नेपालमा बलात्कारका घटना बढ्दो छ । दोषीमाथि कारबाहीको माग गर्दै अधिकारकर्मीहरु आन्दोलनमा पनि छन् । बलात्कारको विरोध र दोषीमाथि कारबाहीको माग हुनु अस्वभाविक पनि होइन । तर, माल्दिभ्समा फरक घटना भएको छ ।

एक अदालतले बलात्कार पीडित १५ वर्षीया युवतीलाई ९ सय करोड जरिवाना सजाय सुनाएइको छ । विवाह पूर्व यौन सम्बन्ध राखेको आरोपमा अदालतले यस्तो फैसला सुनाएको हो । अदालतले उनलाई ८ महिनासम्म बाल गृहमा राख्न समेत आदेश दिएको छ । उनले इच्छाले कानुन तोडेको अदालतको ठहर छ । अधिकारीहरुका अनुसार उनलाई कोर्रा भने १८ वर्षको उमेर पुरा गरेपछि मात्र लगाइनेछ ।
युवतीले आफ्ना सौतेनी बाबुले यौन बोषण गरेको र आफ्नो बच्चा मारेको आरोप लगाएका थिए । मानवअधिकारवादी संगठन एमेनेष्टी इन्टरनेशनले भने अदालतको फैसलाको विरोध गर्दै यसलाई ‘क्रुस, अपमानजनक र अमानवीय’ भनेको छ । माल्दिभ्स सरकार पनि फैसलाप्रति सन्तुष्ट छैन र कानुनमा परिर्वतनको तयारीमा रहेको बीबीसीले जनाएको छ ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नु होस् ।

0 comments:

Post a Comment