Thursday, July 25, 2013

रोनाल्डोको फ्री-किकले हातै भाँचियो( भिडियो हेर्नुहोस)

श्रावण १० - क्रिस्टियानो रोनाल्डोले प्रहार गरेको बलले लागेर ११ बर्षीय बालकको हाँत भाँचिएको छ । बेलायतको गोल्डस्यान्ड स्टेडियममा बोर्नमाउथसाग मैत्रीपूर्ण खेल खेल्न आएको रियल म्याडि्रडका खेलाडी रोनाल्डोले शनिबार खेल सुरु भएको छैटौं मिनेटमा प्रहार गरेको फ्रीकीक पोष्टको छेवैबाट बाहिरिएको थियो । मैदान नजिकैको कुर्सीमा बसेर खेल हेरिरहेका ११ बर्षीय फुटबलप्रेमी बालक चार्ली सिल्भरउडले आफूतिर आएको बल रोक्न खोजेका थिए । तर, रोनाल्डोको कडा प्रहार उनको कलिलो हातले थाम्न सकेन । उनले आफ्नो शहरको क्लबले विश्वमै नाम चलेको क्लबसँग पहिलो पटक खेलेको खेल छुटाउँन चाहेनन र खेल अवधीभर दुखाई सहेरै पनि बसिरहे । तर, खेल सकिएपछि गरिएको एक्स रेबाट उनको हात भाँचिएको थाहा भयो । उनको हातमा बल लागेपछि रंगशालाका कर्मचारीलाई उनलाई अस्पताल लैजान खोजे पनि उनले खेल छुटाउन नचाहेका कारण दुखाई खपेरै पनि पूरा खेल हेरे । 'मैले हातले बल नरोकेको भए मेरो दात बाँकी हुने थिएनन्', उनले भनेका छन्,'बल तीब्र गतिमा आएको थियो ।' बलले उनको नाडीको हड्डीमा असर गरेको छ । घटना थाहा पाएका क्रिस्टियानो रोनाल्डोले चार्लीलाई आफूसहित आफ्नो टोलीले हस्ताक्षर गरेको टिशर्ट उपचारको रुपमा पठाएर शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । उनलाई रियल म्याडि्रड क्लबका अध्यक्षले पनि फोन गरेर घटनाबारे सोधका छन् ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नु होस् ।

0 comments:

Post a Comment