Tuesday, July 2, 2013

पहिलो सेक्स गर्दा सारै पिडा भयो : सीता

सानो उमेर देखिनै लोकदोहोरी गायिका बनेर चर्चा कमाउने सपना सजाउँदै आएकी सीता थापामगर झण्डै सात वर्ष अघि आफनो सपना साकार बनाउन सपनै–सपनाको शहर मानिने काठमाडौमा प्रवेश गरेकी थिइन् । काठमाडौंमा आफ्नो भविस्य सुरक्षीत गर्न थापाले लोकदोहोरी साँझको सहायता लिईन् र त्यो क्रमलाई निरन्तरता पनि दिईरहेकी छन् । त्यसो त अहिले पनि उनी त्यहाँ आउने ग्राहकपिच्छेका अनुरोध गीत गाएर उनी काठमाडौमा चर्चित छिन् तर गोरखाबाट काठमाडौ आउँदा देखेको सपना अँझैसम्म सपनामै सिमित छ । गायन यात्राको सात वर्षे अनुभव, दोहोरी साँझहरुमा गीत गाउँदाको रमाईलो र उनले बुनेको सपना पुरा नभएको छट्पटीबारे सीता थापा मगर हरेकपलसँग यसरी छच्लकिइन् ।
गीत गाउँदा—गाउँदा थाकिएन् भन्या ? अहिले नै थाकेर के गर्ने ? (प्रतिप्रश्न) कति गर्नु छ, छ । यि त संघर्षका दिनहरु हुन् थकाई मारेर कहाँ हुन्छ र ? गीत गाउन कहिलेदेखि सुरु गर्नु भएको हो ? सानैदेखि लगभग १४ वर्षको उमेर थियो होला । दोहारी साँझमा गीत गाउन थाल्नु भएको कति भयो ? सात वर्ष भयो । कुन—कुन दोहोरी साँझमा गीत गाउँनु भयो ?
काठमाडौं आउनु भन्दा पहिला मुग्लीन दोहोरी साँझमा गीत गाउथें । काठमाडां छिरेपछि देउराली दोहोरी साँझमा र फेवा दोहोरी साँझमा गाँए । तर, अहिले गामवेसी दोहोरी साँझमा गाउँछु । अहिलेसम्म गीत रेकर्ड गर्नु भएको छ, कि छैन ? छ, ४ वर्ष अघि नौमति बाजा बजाउदै एल्वम निकालेकी थिए । अहिले सम्म जम्मा ७÷८ वटा गीत रेर्कड गरिसकेकी छु ।
पहिलो रेकर्डेड गीत कुन हो ? मुलको पानी गयो सुकेर, फर्केर नी हेर्न मन लागेको छैन चित्त दुखेर’ भन्ने गीत जुन तारानाथ घिमिरे दाइले सहयोग गर्नु भएको थियो ।
दोहोरी साँझ बाहिर गीत गाउनु भएको छ कि नै ? महोत्सवहरु, तीजमा गाएको छु ।
मन पर्ने गीत चाहि कुन हो ? ‘सानु कहाँ छौ ’मेक्सम खातीको गीत एकदमै मन पर्छ ।
राती दोहोरी गाउँन जाँदा कतिको दुःख खेप्नु परेको छ ? त्यस्तो अहिलेसम्म केही भोग्नु परेको छैन ।
राती कति बजे पुग्नुहुन्छ दोहोरी साँझमा र कति बजे घर फर्कनु हुन्छ ? साँझ ६, साढे ६ बजे नै पुग्छु र घर राती १२ बजे पछि फर्कन्छु ।
कति बजे सुत्नु हुन्छ ? बिहान २ बजेतिर सुत्छु ।
राती हिड्दा ट्याक्सी तथा अन्य व्यक्तिबाट दु:ख पाउनु भएको छ, कि छैन ? अहिलेसम्म छैन ।
ग्राहकले दोहोरी साँझबाटै जाउ भन्छन् रे नी ? के भन्नु हुन्छ त्यस्तो बेला ? तिनीहरु होसमा हुँदैनन् त्यसैले ल-ल हुन्छ नि, पछि जाउँला नी भनेर टारिदिन्छु ।
विवाह कहिले गर्नुभएको हो ? दुई वर्ष अगाडी लभ म्यारिज गरेको हो ।
लभ कहाँ कसरी पर्यो नी ? दोहोरी साँझमा उहाँ साथीहरुसँग आउने गर्नुहुन्थ्यो । उहाँलाई मेरो स्वर मन पर्थ्यो रे । त्यसैले बेला—बेलामा गीत लेखेर दिनुहुन्थ्यो अनि म गाउने गर्थे । त्यस्तैमा एक दिन आइ लभ यु लेखेर दिनु भयो । यो प्रक्रिया लम्बीँदै जाँदा लभ सम्म पुग्यो ।
छिटो विवाह गरे जस्तो लाग्दैन तपाईलाई ? छिटो त भयो तर विवाह त एक चोटी गर्नै पर्ने त हो नी ।
विवाह पूर्वको माया र पछिको मायामा के फरक पाउनु भयो ? विवाह गर्नु भन्दा पहिला र अहिलेमा पछि झन् माया गहिरो हुदो रहेछ । तपाई यसरी दोहोरी सांझमा गीत गाउनु हुन्छ, श्रीमान् केही भन्नुहुन्न् ? उहाँ एकदमै बुझ्ने हुनुहुन्छ त्यसैले सहयोग गर्नु हुन्छ ।
सेक्स भनेको के हो तपाईको विचारमा ? मान्छेलाई चाहिने अत्यावश्यक चिज हो ।
पहिलो सेक्स कोसँग गर्नुभयो ? पत्याउनु होला, श्रीमान्सँग नै मेरो पहिलो अनुभव हो ।
पहिलो सेक्सको अनुभव कस्तो थियो ? हा..हा..हा..(हाँस्दै) कस्तो प्रश्न हा..हा..पहिलो सेक्स गर्दा सारै पिडादायी भयो । तर पछि—पछि चाहि बानी पर्दै गएकोले अहिले त निकै रमाइलो हुन्छ ।
को व्यक्तिबाट प्रेरित भएर गीत गाउन लाग्नु भएको हो ? बाचाबन्धन फिल्ममा बिमा कुमारी दुराले गाएको गीत ‘गोठालेको यस्तै छ जीवन’ भन्ने गीत सुनेपछि मैले बारम्बार त्यहि गीत घाँस दाउरा गर्दा र स्कुलका कार्यक्रमहरुमा गाइरहन्थे । सोच्थें म पनि त्यस्तै हुन पाए कस्तो हुन्थ्यो होला ।
एकदिनमा कति गीत गाउनुहुन्छ ? ७/८ वटा गाउछु । फेसबुक र ट्वीटर कत्तिको चलाउनु हुन्छ ? म केहि पनि चलाउँदिन ।
अहिलेको यस्तो टेक्नोलोजिको युगमा त्यसमा पनि तपाई जस्ता कलाकारहरुको लागि त अति आवश्यक छ, किन नचलाउनु भएको हो ? आवश्यक त छ तर मलाई मन पर्दैन । सपिङ जाँदा कोसँग जानुहुन्छ । प्रायः एक्लै जान मन पर्छ ।
कस्तो पोशाक गर्न मन लाग्छ ? टिसर्ट, पाइन्ट, कुर्ता सुरुवाल र लोकदोहोरी पोशाक मन पर्छ ।
sorc:mero nepali videos

भिडियो हेर्न यहाँ तल क्लिक गर्नु होस् ।

0 comments:

Post a Comment