Saturday, July 6, 2013

हत्या आरोपमा मलेशियामा ३ नेपाली पक्राउ

भूमिराज पराजुली/उज्यालो
तनहुँ, असार २२ – मलेशिया सेलाङ्गोरमा हत्या अभियोगमा ३ जना नेपाली पक्राउ परेका छन् । उनीहरुसंगै अरु ६ जना बंगलादेशी पनि पक्राउ परेका छन् ।
गएको आइतबार एक् जना तमिलले होस्टलमा छिरेर जथाभावी पिट्न थालेपछि प्रतिकार गर्दा उनको ज्यान गएको थियो ।
अपरिचित तमिल नागरिक होस्टलमा प्रवेश गरेर जथाभावी पिट्न थालेपनि नेपाली र बंगलादेशी नागरिकले प्रतिकार गरेको त्यही होस्टलमा बस्ने सिन्धुपाल्चोकका मोहन महतले जानकारी दिनुभयो । प्रतिकारमा क्रममा बंगलादेशी नागरिकले हिर्काउँदा बेहोस भएका तामिलको उपचारका क्रममा ज्यान गएको हो ।
अस्पतालको रिपोर्टमा उनको टाउको चोट लागेको देखिएकोले घटनामा संलग्नको आरोपमा बंगलादेशी र नेपालीलाई प्रहरीले हिरासतमा लिएको त्यही होस्टलमा बस्ने इलामका प्रमोद पोख्रेलले जानकारी दिनुभयो ।
प्रहरीले सिराहाका मङ्गल यादब, महोत्तरीका सञ्जय कुमार शाह र रौतहतका बलरामकुमार मण्डललाई पक्राउ गरेको नेपालीहरुले बताएका छन् । घटनापछि आफुलाइ कम्पनी आउन जान र बाहिर निस्कन खतरा भएको त्यहाँ कार्यरत नेपालीहरुले गुनासो गरेको छ ।
नेपालीहरुले आफुलाइ परेको अप्ठ्यारोको बारेमा नेपाली दुताबासलाइ जानकारी गराएपछि दुताबासका कर्मचारीले घटनास्थल अवलोकन गरेका थिए । कर्मचारी कृष्ण बिष्टले सुरक्षित हुने आश्वासन दिएर फर्किएका इलामका राजकुमार राईले जानकारी दिनुभयो ।
ujyalo online

भिडियो हेर्न यहाँ तल क्लिक गर्नु होस् ।

0 comments:

Post a Comment