Friday, July 5, 2013

पूर्वमन्त्रीलाई छुन सकेन अख्तियारले

सागर पण्डित
काठमाडौं २० असार / राष्ट्रसेवक कर्मचारीमाथि छानविन थालेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वमन्त्रीको अकुत सम्पत्ति छानविनको प्रक्रिया भने अघि नबढाउने भएको छ । पूर्वमन्त्रीहरुको विरुद्धमा अख्तियारमा दर्जनौं उजुरी थन्किएका छन् ।
पछिल्लो समय १ सय २० कर्मचारीमाथि अख्तियारले अकुत सम्पत्ति कमाएको आरोपमा छानविन थालेको छ । तर, राजनीतिक नेता तथा पूर्वमन्त्रीहरुको सम्पत्ति छानविन अहिले नगर्ने निर्णय गरेको अख्तियार स्रोतले बताएको छ ।
नेता तथा पूर्वमन्त्रीको अकुत सम्पत्ति छानविनको प्रक्रिया अगाडि बढाउने योजनाबारे आफूलाई जानकारी नभएको अख्तियारका प्रवत्ता श्रीधर सापकोटाले बताए । ‘पूर्वमन्त्रीको अकुत सम्पत्ति छानबिन गर्ने सम्वन्धमा खासै कुनै छलफल भएको छैन,’ सापकोटाले भनेको खबरलाई आजको नयाँ पत्रिका दैनिकले छापेको छ ।
कर्मचारीमाथि मात्र अकुत सम्पत्तिको छानविन थालेकोमा अख्तियारकै केही उच्च कर्मचारी असन्तुष्ट बनेका छन् । ‘राजनीतिक नेतृत्वलाई छुन नसक्ने तर कर्मचारीलाई मात्र छानबिन अगाडी बढाउनु राम्रो होइन्’ उनीहरुको भनाई छ । नेपालमा प्रशासनिकभन्दा पनि राजनीतिक रुपमा हुने भ्रष्ट्रचार बढी छ ।
उजुरी परेका पूर्वमन्त्री
अख्तियारमा पूर्वगृहमन्त्री तथा उपप्रधानमन्त्री विजयकुमार गज्छदार, पूर्वसिँचाईमन्त्ती महेन्द्र यादव, पूर्वस्वास्थ्यमन्त्री राजेन्द्र महतो, पूर्वउद्योगमन्त्री अखिल झाप, पूर्वभौतिक योजना तथा निर्माणमन्त्री हृदयेश त्रिपाठी विरुद्ध उजुरी परेको छ । त्यस्तै, पूर्वश्रममन्त्रीहरु कुमार बैलवासे, मोहमद आफ्ताव आलमलगायतका विरुद्ध पनि उजुरी परेको अख्तियार स्रोतले बताएको छ । ती सबै उजुरी अहिले थन्किएका छन् ।
src: khabar pati

भिडियो हेर्न यहाँ तल क्लिक गर्नु होस् ।

0 comments:

Post a Comment