Monday, July 8, 2013

पैदल यात्रीलाई गाडीले हानेपछि काँडाघारी क्षेत्रमा तनाव

काठमाडौंको काँडाघारीमा एक गाडीले पैदल यात्रीलाई ठक्कर दिँदा २ जना गम्भीर घाइते भएका छन् । सो गाडीले बाटोमा हिँडिरहेका २ जना यात्रीलाई ठक्कर दिएको थियो। घाइते पैदल यात्रुको सिनामंगलस्थित काठमाडौं शिक्षण अस्पतालमा उपचार भइरहेको छ। उनीहरुको अवस्था गम्भीर छ।बसले ठक्कर दिएपछि घटनास्थलमा तनाव उत्पन्न भएको छ। आक्रोशित स्थानीय तथा बटुवाले गाडीमा आगो लगाउन खोजेका थिए। अहिले कोटेश्वर, काँडाघारी, पेप्सीकोला र गठ्ठाघर क्षेत्रको सवारीसाधन ठप्प रहेको काठमाडौं परिसरका डिएसपी चक्रबहादुर सिंहले जानकारी दिएका छन् ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नु होस् ।

0 comments:

Post a Comment