Wednesday, July 24, 2013

पिसाब गर्दा गुप्तांगमा नागले क्वाप्पै

हरे भगवान, कस्तो कस्तो पीडा खेप्नुपर्ने लोग्ने मान्छेको जातले ? इजरायलका एक पुरुषले लाखौँमा एक जनाले पनि भोग्नु नपर्ने पीडा भोग्नु परेको छ । धन्य मिति पुगेको रहेनछ र उनी बाँचे ।



ट्वाइलेटमा पिसाब फेर्न लागेको बेला अकस्मात सर्पले उनको लिंगमा टोकेपछि उनी इन्तु न चिन्तु भए । त्यो सर्प ट्वाइलेटमै लुकेको रहेछ, उनले देखेनन् तर जब उनको लिंगमा डस्यो तब उनलाई असहय पीडा भयो । निहुरिएर हेर्दा देखे, डरलाग्दो सर्पले आफ्नो गुप्तांगमा धावा बोलिरहेको छ ।

इजरायलको हाफियाका बासिन्दा ३५ वर्षे पुरुषलाई तत्कालै उपचारका लागि अस्पताल लगियो । उनले अहिले स्वास्थ्य लाभ गरिरहेका छन् । धन्य भाग्यले त्यो सर्प विषालु रहेनछ । उनले अहिले प्रत्यक्ष निगरानीमा उपचार भैरहेको र थप परीक्षणको आवश्यकता नभएकाले उनलाई छिटै अस्पतालबाट डिस्चार्ज गरिने रामबाम मेडिकल सेन्टरका प्रवक्ताले जनाएका छन् ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नु होस् ।

0 comments:

Post a Comment