Thursday, July 25, 2013

श्रीमानले श्रीमतीलाईयसरी सर्पसँग सुत्न लगाएपछी…….

एजेन्सी । करिब एक महिना अगाडि मात्र विबाह गरेकी एक युवतीलाई उनका पतिले सर्पसँग सुत्न लगाएपछि पत्नी छक्क परेकी छिन् भने उनले सर्पसँग सुत्न नमानेपछी पतिले कुटपिट समेत गरेका छन् ।

जिम्बाब्बेका ५२ वर्षिय मोफत नकोमोले आफ्नी २९ वर्षकी पत्नी सेकोलिहल नयोनीलाई सर्पसँग सुत्न कर गर्दा नमानेपछी कुटपिट गरेका थिए । एक दिन मोफतले पत्नीलाई आफू आज नयोनीसँग सुत्ने भन्दै आफू अर्कै स्थानमा सुतेका थिए । पत्नीले सँगै नसुत्ने भनेर कर गरेर सोध्दा पनि केही नबोली केही समयपछी थाहा हुने बताएका थिए । पत्नीको आग्रहलाई अस्विकार गरेपछी पत्नी ओछ्यानमा सुत्न गइन् । जब उनी केहीबेरको निन्द्रामा थिइन्, तब उनलाई ओछ्यानमा केही भएको अनुभव भयो । उनले त्यसलाई सपना सम्झेर वेबास्ता गर्दै फेरी सुत्ने प्रयास गरिन् तर उनले फेरी केही चिसो वस्तु आफ्नो शरिरमा दौडिरहेको अनुभव गरपेछी उनले उठेर हे्र्दा ओछ्यानमा सर्प देखेपछी उनी डराउँदै र आत्तिँदै पतिकहाँ पुगिन् र ओछ्यानमा सर्फ रहेको बताइन् ।तर पति मोफतले त्यसलाई सामान्य रूपमा लिएपछी नयोनी छक्क परिन् । पतिले आज त्यही सर्पसँग सुत्न भनेपछी उनी डराउँदै त्यही बसिन् र ओछ्यानमा जान मानिनन् । पतिले भने ओछ्यानमा जान भन्दै कुटपिट समेत गरे ।उनले उक्त रात जसोतसो बिताइन् र भोलीपल्ट प्रहरीमा उजुरी दिइन् । प्रहरीले पनि तत्कालै मोफतलाई पक्राऊ गरी आवश्यक कारबाही प्रक्रिया अगाडि बढाएको छ ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नु होस् ।

0 comments:

Post a Comment