Friday, July 26, 2013

कोरिया भाषा परीक्षाको आवेदन खुल्यो । भाषा परीक्षा असोजमा हुने

काठमाडौं, साउन ११ - तपाई रोजगारीका लागि कोरिया जान चाहनुहुन्छ ? चाहनुहुन्छ भने त्यसका लागि भाषा परीक्षाको आवेदन खुलेको छ ।
शुक्रबार प्रकाशित सूचना अनुसार आउँदो भाषा परीक्षाका लागि भदौको ५ गतेदेखि ८ गतेसम्म आवेदन फारम दर्ता गर्न सकिनेछ । आवेदन फारम वितरण र दर्ताका लागि काठमाडौमा सानो गौचरन खेलमैदान, ज्ञानेश्वर र सिदार्थ वनस्थली इन्ष्टिच्युट, किर्तिपुरको ल्याबरोटरी माध्यमिक विद्यालय तोकिएको छ ।
परीक्षास्थल र परीक्षा समय भने फेरि अर्को सूचना निकालेर जानकारी गराइने बैदेशिक रोजगार बिभागको इपिएस कोरिया शाखाले जनाएको छ । काठमाडौ बाहिर भने धरान र बुटवलबाट आवेदन फारम दर्ता गर्न सकिनेछ । आवेदन फारम दर्ता स्थलमा निशुल्क पाइन्छ भने परीक्षा शुल्क २४ अमेरिकी डलर फारम बुझाउने बेलामा बुझाउनु पर्ने छ ।
१८ वर्ष पुरा भई ३९ वर्ष ननाघेका नेपाली नागरिकले परीक्षाका लागि आवेदन गर्न सक्नेछन् । बैदेशिक रोजगार बिभागको इपिएस कोरिया शाखाले यसपटक सञ्चालन हुने भाषा परीक्षामा ८ हजार २ सय जना उतीर्ण हुने अनुमान गरेको छ ।

जसमध्ये ४ हजार ६ सय जना उत्पादनमुलक क्षेत्र
मा र ३ हजार ६ सय जना कृषि र पशुपालन क्षेत्रतर्फ उतीर्ण हुने अनुमान छ ।तर इपिएस कोरिया

भिडियो हेर्न यहाँ तल क्लिक गर्नु होस् ।

0 comments:

Post a Comment