Saturday, July 27, 2013

हेर्नुस त यसरि विदेशबाट फर्कंदा प्राणभन्दा प्यारी श्रीमती अर्कैसँग देखेपछि

१२ साउन, काठमाडौ । विदेशमा दुःख गरेर कमाएको रकमले स्वदेश फर्किएपछि परिवारसँग रमाइलो गर्ने चाहना बोकेर घर फर्किने थुप्रै युवाहरू यतिबेला नरेश र रमेशकै नियति भोगिरहेका छन् । पछिल्लो पटक मलेसियाबाट फर्कनु एक साताअघि नरेशले आफुले कमाएको सबै रकम श्रीमतीलाई पठाए । उनले नेपाल आउनुभन्दा अघिल्लो दिन घरमा फोन पनि गरे । फोनमा श्रीमतीले ‘३/४ दिन काठमाडौंमा बसेर आउँदा हुन्छ’ भन्ने जवाफ दिइन् । तर, नरेशलाई के थाहा, प्राणभन्दा प्यारी श्रीमतीले अर्को राजकुमार रोजिसकिन् भन्ने । डेढ वर्षकी छोरी छाडेर विदेश गएका नरेश घर फर्कंदा न श्रीमती घरमा थिइन्, न त छोरी नै । सात महिनाकी गर्भवती उनले छिमेककै भतिजा भन्दै आएको आफु भन्दा तीन–चार वर्ष कम उमेरका पुरुषसँग विवाह गरेकी छन् । पछिल्ला दिनमा आफूले मेहनत गरी कमाएर पठाएको ४ लाख रुपैयाँ र छोरी फर्काउन माग गर्दै नरेश हिजोआज दैनिक महानगरीय प्रहरी परिसर ललितपुरको महिला सेल धाइरहेका छन् । नरेशको झन्डै सात वर्षअघि प्रेमविवाह भएको थियो । एउटै गाविसमा घर रहेकाले नरेशको तीनबर्से प्रेम सम्बन्ध विवाहमा परिणत भएको थियो । छोरी डेढ वर्ष भएपछि आङ्खना बाबुलाई श्रीमती र छोरीको जिम्मा लगाएर उनी वैदेशिक रोजगारीमा गएका थिए । श्रीमती पनि गाउँकै एउटा विद्यालयमा कार्यरत रहेको महिला सेलमा कार्यरत प्रहरीहरू बताउँछन् ।
फोनमा दैनिक कुरा हुने र पैसा पनि नियमित पठाएकाले सम्बन्धमा कुनै किसिमको समस्या नभएको नरेशले बताउँदै आएका छन् । ‘घर फर्कनुअघिका दिनमा पनि सधैंजस्तो सामान्य कुराकानी नै भएको थियो,’ उनको भनाइ उद्धृत गर्दै परिसरका एक प्रहरीले बताए । घर आइपुगेपछि श्रीमतीको खोजी गर्दै आएका उनले फोनका आधारमा श्रीमती ललितपुरमा भएको पत्तो लगाए र प्रहरी कार्यालयमा उजुरी हाले । इमाडोलमा अर्कै पुरुषसँग बस्दै आएकी आङ्खनी श्रीमतीलाई नरेशले फेला पारे पनि उनीहरूको मुद्दा भने मिलिसकेको छैन । यस्तै, रमेशको पनि पीडा उस्तै छ । काभ्रे घर भएका उनी सात/आठ वर्षसम्म कतारमा बसेर अघिल्लो महिना मात्र स्वदेश फर्किएका हुन् । रमेश विदेशबाट आएको झन्डै १६ दिनपछि उनकी श्रीमती घरको लालपुर्जा, सुनका सबै गरगहना, बैंकमा रहेको नगदसहित बेपत्ता भएकी थिइन् । केही दिनअघि छोरी लिएर हिँडेकी उनले अर्का विवाह गरिसकेको सेलमा कार्यरत महिला प्रहरीहरू बताउँछन् ।
फर्कंदा सामान किनेर बाँकी रहेको रकम श्रीमतीका नाममा पठाएका रमेशसँग अहिले नगद र जिन्सी दुवै छैन । ‘भाडा तिर्नसमेत पैसा नभएकाले रमेश लुभुबाट जाउलाखेलसम्म पैदलै आउने गरेका छन्,’ सेलमा कार्यरत एक महिला प्रहरीले बताईन् । अहिले ती महिलाले श्रीमान् रमेशलाई विभिन्न कारण देखाएर उल्टै धम्क्याउँदै आएकी छन् । कतारको एक निजी कम्पनीमा कार्यरत रमेशले त्यहाँबाट भागेर अर्का कम्पनीमा काम गरेदेखि नै आपूmले राम्रो आम्दानी गर्न थालेको बताए । आफू कतार गएको केही समयमै गाउँमा काम धेरै हुन्छ भनेर उनले श्रीमतीलाई काठमाडौंमा ल्याएका थिए । विदेशमा कमाएको पैसाले उनले लुभुमा तीन तलाको घर बनाए भने खबर राजधानी दैनिक पत्रिकाले छापेको छ ।
बीचमा एक पटक आउँदा किनेको घर उनको नाममा थियो भने बाँकी रकम श्रीमतीको नाममा बैंकमा जम्मा गरेका थिए । दाजुभाइले अंशबन्डाका लागि बोलाउन थालेदेखि नै उनकी श्रीमतीले आङ्खनो नाममा सम्पत्ति राख्नुपर्ने अडान राख्न थालिन् । ‘यो घर पनि दाजुभाइले बाँड्न लगाउँछन् भन्दै उनले आङ्खनो नाममा गर्न मागिन्,’ उनले भने, ‘आएको दुई हप्तापछि नै घर उनको नाममा गरिदिएँ ।
घर पास गरेको दुई दिनपछि ‘लगनखेल पुगेर आउँछु’ भन्दै घर छाडेकी उनी अहिलेसम्म नफर्किएको रमेशले प्रहरीलाई बताएका छन् । महिला पीडित र पुरुष पीडक हुन् भन्ने नेपाली समाजमा स्थापित सोच यस्ता घटनाले गलत साबित हुन थालेको छ । पछिल्ला वर्षमा महिला हिंसाका घटनामा ह्वात्तै वृद्धि भएको छ । महिला हिंसा अन्त्यका लागि महिला अधिकारकर्मी सडकदेखि सिंहदरबारसम्म पुगे । तर, यही समयमा महिलाका कारण पुरुषले पीडा भोगेका घटना बढेको पाइन्छ । यी घटनाहरू तुलनात्मक रूपमा कम भए पनि समाजमा बलियो स्थान बनाउँदै गएको प्रहरीहरू बताउँछन् ।
महिला हराएको भनेर पर्ने उजुरीमा अधिकांश श्रीमान् विदेश गएपछि श्रीमती अर्कैसँग विवाह गर्ने घटना हुने गरेको महानगरीय प्रहरी परिसर जाउलाखेलको महिला सेलमा कार्यरत सई (सहायक निरीक्षक) लालमाया खड्काले बताइन् । रमाइलो कुरा त के छ भने यसरी विदेश गएका पुरुषका श्रीमतीसँग दोस्रो विवाह गर्नेमा अधिकांश अविवाहित पुरुष छन् । उनीहरू महिलाको भन्दा कम उमेरका हुने गरेका र रोजगारी नहुने युवा बढी पाइएको खड्का बताउँछिन् ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नु होस् ।

0 comments:

Post a Comment