Wednesday, July 3, 2013

नायकको छोरीको सुरक्षाको लागि हप्ताको ४८ लाख सुरक्षा खर्च

हलिउडका नायक टम कु्रसले आफनो साँत बर्षकी छोरी सुरीको सुरुक्षाको लागि चार जना बडिगार्ड राखेका छन । टम कु्रसले आफ्नो ती छोरीको सुरक्षाको लागि ५० हजार डलरमा (नेपाली रुपैया लगभग ४८ लाख)हप्ताको तलब दिने सर्तमा छोरीको सुरक्षाको लागि सुरक्षाकर्मि राखेका हुन ।


स्रोतका अनुसार उनको छोरी र पत्नीको सुरक्षामा विभिन्न स्थानबाट खतराको महसुस भए पछि उनले यस्तो गर्नु परेको बताइएको छ । यसैले छोरी र आमाको सुरक्षाको लागि २४ घण्टा सुरक्षाको घेरा भित्र बसिरहेका छन । अनि नायक पनि अहिले यताउता हिड्डा ४ जना सुरक्षाको लागि बडिगार्ड लिएर जाने गरेका छन ।

उनको छोरीको सुरक्षा दिन राखिएका व्यक्ति सुरक्षाकर्मिले सुरक्षा सम्वन्धी दक्षता हासिल गरेका छन । उनीहरुले सुरक्षा सम्बन्धी अन्तराष्ट्रिय लाइसेन्स प्राप्त पनि गरेको जनाइएको छ । उनले आफनौ छोरीको मायाले गर्दा यस्तो सुरक्षाको व्यवस्था गरेका हुन । यस पछि उनको परिवार डरबाट मुक्त भएका छन ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नु होस् ।

0 comments:

Post a Comment