Monday, July 1, 2013

>>>>>>>आजको राशिफल<<<<<<< आज बि.स. २०७० असार १८ गते मंगलवार इ.स. २०१३ जुलाई २ ने. स. ११३३

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
समय राम्रै छ । साथीभाइसित भेटघाट हुने योग छ ।
अपूरा कार्य पूर्ण हुने सम्भावना बलियो छ । धार्मिक
तथा आध्यात्मिक क्षेत्रतर्फको काममा सहभागी बन्नु
पर्ला । पढाइ लेखाइतिर ध्यान दिनु आवश्यक छ ।
धार्मिक वा सामाजिक सेवाका काममा प्रशंसित हुने
अवसर प्राप्त हुनेछ ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
सामाजिक कामको दायित्व थपिने छ । वित्तीय
क्षेत्र र व्यापारिक लगानीका लागि नयाँ काम गर्न
उचित समयको योग छ । व्यापार व्यवसाय
त्यसमा पनि हार्डवेयरका विक्रेताका लागि विशेष

लाभदायक छ । भाइबहिनी वा सन्ततिका तर्फबाट
खुशीको खबर प्राप्त हुने छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
समय राम्रो छ । अन्न फलफूल आदि कृषिजन्य
व्यवसायबाट राम्रो आर्थिक उपार्जन हुने योग छ ।
नोकरीबाट सन्तोष लिन सकिनेछ । उपहार पुरस्कार
आदि मिल्नेछ । नयाँ काम गर्ने सोच बनाउनु भएको छ
भने आज त्यसका लागि अनुकूल समय आएको छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
आज अकारण वादविवादमा फस्ने,
सरकारी झमेलामा फस्ने र प्रतिफल प्राप्त नहुने
क्षेत्रमा लगानी हुने दिन हो । व्यापारीहरुले
हानी व्यहोर्नु पर्छ र कर्मचारीले अपजस व्यहोर्नु पर्छ
। छात्रछात्राले भने रमाइलो गर्नेछन् । यात्रा घातक
बन्न सक्छ, धेरै टाढा नजानु होला ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
असल समय छ । विशिष्ट व्यक्तिको सहयोग र
सल्लाहले महत्वपूर्ण कार्य सम्पन्न हुनेछ ।
मानप्रतिष्ठा र सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ
। व्यवहारिक समस्याले पिरोल्न सक्छ । विवाह
तथा पारिवारिक जीवनमा भने रमाइलो आउने छ ।
आम्दानीमा कमी आउने छैन ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
आर्थिक क्षेत्र सबल रहने छ भने स्वास्थ्य
पनि राम्रो रहने छ । कार्य सफल हुँदै जानेछ ।
रमाइलो यात्रा हुन सक्छ । भौतिक
साधनको जोहो हुनाका साथै मनोरंजनात्मक
क्रियाकलापमा सक्रिय हुने अवसर जुट्ने छ ।
जीवनसाथीको भरपुर सहयोग प्राप्त हुनेछ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
आज सामाजिक वा सरकारी झमेलामा फँस्ने डर छ ।
पुख्र्यौली सम्पत्तिको लेखाजोखा मूल्याङ्कन गर्नु
पर्दा मन खिन्न हुन सक्छ । आज कुनै याचकलाई
खाना खुवाउँदा शत्रुमाथि विजय प्राप्त हुने दिन हो ।
सामाजिक कामबाट प्रशंसा प्राप्त हुनेछ । आज
यात्राको समय छ ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
खराब समय छ । स्वास्थ्यमा अचानक गडबडी आउने
सम्भावना देखिन्छ । सानोतिनो चोटपटक नै लाग्न
सक्छ, सचेत एवं सावधान रहनु होला ।
तपार्इंको व्यक्तिगत दृष्टिकोण उल्टो हुने देखिन्छ,
आज कुनै पनि नयाँ काम नथाल्नु होला व्यवहारिक
हानी हुनेछ होस राख्नोस् ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
लामो समयपछि रसरङ्गको चाहना पूर्ण हुने योग
आएको छ । दाम्पत्य
सम्बन्धमा सुमधुरताको प्राप्ति हुनेछ । बालबच्चाबाट
पनि सुखसन्तोष प्राप्त हुनेछ । कतै
छोटो दुरीको यात्रा पनि हुन सक्छ । मेवामिष्ठान्न
आदि खान पाइने र मनोरञ्जनमा रमाउन पाउनु हुनेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
काममा बाधाअडचन उत्पन्न हुनुका साथै
भनेजस्तो सफलता नमिल्न सक्छ । आफन्त वा मित्रले
काममा धोका दिने सम्भावना छ । आकस्मिक
स्वास्थ्य समस्या देखा पर्नसक्ने भएकाले सजग रहनु
होला । पारिवारिक सुख मिल्नुका साथै
जीवनसँगीबाट सहयोग प्राप्त हुनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
राम्रो समयको योग छ । अध्ययन, अध्यापन र
लेखनकार्यमा उच्च सफलता प्राप्त हुने छ । प्राविधिक
काममा विशेष सफलता प्राप्त हुने छ ।
आम्दानी सामान्य भइरहला । आज आफ्ना भनाउँदासँग
झगडा वा मनमुटाव होला । अरुले
भन्दा बढी लगानी गर्नुपर्नेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
अति प्रतिकूल समय छ । विश्वास गरेका व्यक्तिबाट नै
विश्वासघात हुने सम्भावना छ । जस कसैलाई मन पेट
खोलेर नदिनु होला । अशान्ति र
अराजकताका समाचार सुन्नु पर्ने हुनसक्छ । आज
पारिवारिक समस्याले मन खिन्न हुनेछ । दाम्पत्य
सम्बन्धमा पनि तालमेल हुँदैन ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नु होस् ।

0 comments:

Post a Comment