Wednesday, July 31, 2013

यसरी गरे ,प्रेम विवाह गरेका एक जोडीले विवाह गरेको तेस्रो दिनमानै आत्महत्या

श्रावण १६, जिवनभर सँगै जिउने सँगै मर्ने कसम खाँदै तीन दिनअघि प्रेम विवाह गरेका एक जोडीले मृत्युको बाटो रोजेका छन् । विगत लामो समयदेखि गरेको प्रेमलाई विवाहमा परिणत गरेका स्याङ्जा जिल्लाका ३० वर्षीय राजु आले र गुल्मी घर भएका २० वर्षीया लक्ष्मी केसीले परिस्थिति आफूअनुकूल नदेखेपछि विवाहको तेस्रो दिनमै मृत्यु रोजेका छन ।

आजको राजधानीको एक समाचारमा इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक सोम थापालाइ उद्धृत गर्दै बताइए अनुसार, उनीहरूले एउटै रंगको ओढ्ने पंखामा पासो लगाएर मंगलबार दिउँसो आत्महत्या गरेका हुन् । उनीहरू नाताले दिदी पर्नेको घर बुटवल–१३ दुर्गानगरमा बस्दै आएका थिए । त्यहि घरमा उनीहरूले आत्महत्या गरेका हुन् ।
राजु यातायात मजदुरका रूपमा कार्यरत थिए । उनी र लक्ष्मीको बुटवल बसाइकै क्रममा प्रेम सम्बन्ध शुरू भएको थियो । विवाहित र सन्तानका बाबुसमेत बनिसकेका राजुले लक्ष्मीलाई दोस्रो श्रीमतीका रूपमा भित्र्याएपछि घर परिवारले त्यसलाई अघि नबढाउन दबाब दिएको बताइएको छ । घर परिवारको दबाबपछि तनावमा रहेका राजुले अन्ततः मृत्युको बाटो रोजेका हुन् । प्रहरी निरीक्षक थापाका अनुसार राजुले मृत्युअघि लेखेको सुसाइड नोट बरामद भएको छ । यस नोटमा उनले आफ्नै कारणले सुसाइड गर्न खोजेको कुरा लेखेको समाचारमा उल्लेख गरिएको छ ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नु होस् ।

0 comments:

Post a Comment