Friday, July 26, 2013

घुस लिँदै गर्दा थानकोटका डिएसपी पक्राउ

काठमाडौं, ११ साउन । कवाडी व्यवसायीसँग घुस लिँदालिँदै महानगरीय प्रहरी वृत्त थानकोटका प्रहरी नायव उपरीक्षक (डिएसपी) तेजेन्द्र पौडेललाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले घटनास्थलबाटै पक्राउ गरेको छ ।

अख्तियारका प्रवक्ता श्रीधर सापकोटाले नायव उपरीक्षक पौडेलले कवाडी व्यवसायीसँग ३५ हजार घुस लिँदालिँदै अख्तियारको टोलीले पक्राउ गरेको जानकारी दिनुभयो । पौडेल केही दिनअघि मात्रै प्रहरी निरीक्षकबाट प्रहरी नायव उपरीक्षकमा बढुवा भएका थिए ।
khalbalinepal.com bata sabhar

भिडियो हेर्न यहाँ तल क्लिक गर्नु होस् ।

0 comments:

Post a Comment