Saturday, July 6, 2013

सामुहिक बलात्कारको आरोपमा चार युवा पक्राउ

निमुसंगम घर्ती
२३ असार, दाङ । दाङको तुलसिपुरमा एक किशोरी माथी सामुहिक बलात्कार भएको छ । तुलसिपुर नगरपालीका ५ नयाँ बसपार्कमा ४ जना युवाहरुले पुरन्धारा ९ घर भएकी १६ बषिर्या किशोरीलाई पालैपालो बलात्कार गरेको पीडितलाई उदृत गर्दै प्रहरीले जानकारी दिएको छ ।
गएराती साढे १ बजे वसपार्कको नजिकै दक्षिण तर्फको ग्यारेजमा लगेर आफुमाथि ४ जना युवाहरुले पालैपालो जवरजस्ती करणि गरेको पिडित किशोरीले बताएकी छिन् । प्रहरीले जवरजस्ति करणिमा संलग्नहरुले हो हल्ला गरीरहेको अबस्थामा चारै जना युवाहरुलाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा प्युठान खलङगा १ घरभएका १८ बषिर्य बिनोद केसी, सल्यान थारमारे ६ घरभएका २२ बषिर्य युवराज डाँगि, सोही ठाउँका २१ बषिर्य चन्द्र डाँगी र सल्यान फलाबाङ घर भएका २० बषिर्य अर्जुन योगि रहेका प्रहरी स्रोतले जानकारी दिएको छ । घटनामा संलग्न सबै गाडिमा सहयोगी भएको बुझिएको छ ।
online khabar bata sabhar

भिडियो हेर्न यहाँ तल क्लिक गर्नु होस् ।

0 comments:

Post a Comment