Tuesday, July 2, 2013

बेनिशासँग बिहे गरेपछि आर्यनसँग रिसाइन् केकी अधिकारी

बेनिशासँग बिहे गरेपछि आर्यनसँग रिसाइन् केकी (फोटो फिचरसहित) वास्तविक जीवनमा त नायक आर्यन सिग्देल अविवाहित नै हुन् । तर उनले चलचित्रको पर्दामा भने नायिका बेनिशा हमालसाग बिहे गरेका छन् । साउन ३२ गतेबाट प्रदर्शनमा आउन लागेको यो चलचित्रमा बेनिशा र आर्यनको बिहे भएको देखाइन्छ । तर आर्यनले अर्की नायिका केकी अधिकारीसाग पनि चक्कर चलाएका छन् । यसैले पनि चलचित्र ‘महशुश’ यतिबेला चर्चा र कौतुहलतामा रहेको छ । असार २८ गतेबाट प्रदर्शनमा आउन लागेको ‘दबाब’को युनिटले चलचित्रको प्रचारमा खासै ध्यान नदिएपछि आर्यन यतिबेला ‘महशुश’मा केन्दि्रत छन् । कल्याण घिमिरेको निर्माणमा नबल नेपालले निर्देशन गरेको यो चलचित्रमा आर्यनका अलवा केकी अधिकारी र बेनिशा हमाललाई देख्न सकिन्छ । यसअघि ‘श्रीमान्’ सिनेमा बनाएर खुबै चर्चा कमाएका नबल नेपाल ‘महशुश’ अझै उत्कृष्ट बनेको दाबी गर्छन् । चलचित्र ‘महशुश’ आर्यन सिग्देलका लागि निक्कै महत्वपुर्ण छ । गतबर्ष २ वटा सिनेमा असफल भएकाले पनि आर्यन एक सफल सिनेमाको खोजीमा छन् । अर्कोतिर नायिका हमाल र अधिकारीका लागि पनि ‘महशुश’ महत्वपुर्ण रहेको छ । केकी र वेनिशाले सिने नगरीमा आएपछि खासै सफल चलचित्र दिन सकेका छैनन् । तर पनि आर्यन, केकी र वेनिशा दर्शकको रोजाइको कलाकारमा पर्छन् । यसैले पनि ‘महशुश’लाई दर्शकले मन भित्रैबाट महशुश गर्ने निर्माणपक्षको विश्वास छ ।


फिल्मको प्रोमो हेर्नको लागि तलको भिडियो मा क्लिक गर्नुहोस

भिडियो हेर्न यहाँ तल क्लिक गर्नु होस् ।

0 comments:

Post a Comment