Sunday, July 7, 2013

दिपिकाको 'पीडा दिने निष्ठुरीलाई' विपिनले सजाए

हरि मानन्धर 'विवश' - इजरायलमा कार्य व्यस्तताको वावजूद पनि संगीत प्रेमीहरूको माझ विपिन तामाङले अर्को म्यूजिक भिडियो पस्किनुभएको छ । नेपाली गीत संगीत, कला संस्कृतिलाई प्रवर्द्धन गर्ने विपिनको चहाना आफ्नै प्रयासमा सम्भव बनाउँदै हुनुहुन्छ ।


इजरायलमै कार्यरत दिपिका भुसालको रचनाको उक्त गीतमा विपिन आचार्यले संगीत गर्नुभएको छ भने मान्धवी त्रिपाठीको सुरिलो स्वरमा सजिएको छ । उक्त गीत दिपिका भुसालकै आशिका भन्ने एल्वममा समावेश गरिएको छ ।


उक्त गीतको छायाङ्कनमा तिन जना बीचको प्रेम सम्बन्धलाई देखाइएको छ । एउटै प्रेमीसँग दुई प्रेमिकाहरूको प्रेम सम्बन्ध देखाइएको छ । पहिलो प्रेमिकाले आत्मैदेखि प्रेम गर्दा गर्दै पनि प्रेमीले उनिसाग खासै प्रेमिल सम्बन्ध नबनाएका कारण पहिलो प्रेमिकालाई कति पीडा हुँदोरहेछ भन्ने कुरा उक्त गीतको म्यूजिक भिडियो हेरेपछि सबै दर्शकहरूले सजिलै अनुमान लगाउन सक्नुहुनेछ । यी त्रिकोणात्मक प्रेममा रूमल्लिएकाहरू पनि इजरायलमै कार्यरत दिपा शर्मा, सूर्य बस्याल र गीतकार दिपिका भुसाल नै हुनुहुन्छ ।


उक्त म्यूजिक भिडियोको छायाङ्कन, निर्देशन तथा सम्पादन समेत विपिन तामाङ्ले गर्नुभएको हो । त्यस्तै दिपिका भुसालकै रचनाका अन्य गीत गजलहरूको म्यूजिक भिडियोको छायाङ्कन पनि नकिट भविष्यमै हुने तैयारी भैरहेको निर्देशक तामाङले बताउनुभयो ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नु होस् ।

0 comments:

Post a Comment