Tuesday, July 2, 2013

जापानी आमाले आफ्नो फोक्सोको भाग तीन वर्षीय छोरालाई दिइन्

टोकियो, १८ असार । जापानमा एक महिलाको फोक्सोको एक भाग उनका तीन वर्षे छोरामा प्रतिस्थापन गरिएको छ र यो जीवित दाताको फोक्सोको मध्यभाग एउटा बिरामीमा सफलतापूर्वक प्रतिस्थापन गरिएको विश्वमै पहिलो घटना भएको उक्त कार्य गर्ने अस्पतालले जानकारी दिएको छ ।जीवित दाताको फोक्सोको तल्लोभाग बिरामीमा प्रतिस्थापन गरिँदा त्यसले बढी स्वासप्रस्वास प्रक्रिया प्राप्त हुने बताइएको छ । यस शल्यक्रियामा फोक्सोको मध्यभाग प्रतिस्थापन गरिएको जानकारी ओकायामा विश्वविद्यालय अस्पतालले दिएको छ ।
यी आमा तथा छोराको परिचय दिइएको छैन । फोक्सोको मध्यभाग प्रतिस्थापन गर्ने कार्य कठिन भएको जापानको पश्चिमी भागमा रहेको उक्त विश्वविद्यालयले उल्लेख गरेको छ ।
यी बालकमा राखिएको पम्प–अक्सिजेनेटर हटाइएको र यसपछि उसले प्रतिस्थापन गरिएको फोक्सोबाट सास लिन थालेको अस्पतालले एक विज्ञप्तिमा उल्लेख गरेको छ । अस्पतालले हाल यो शल्यक्रिया सफल देखिएको पनि उल्लेख गरेको छ ।
अस्पतालले यो शल्यक्रिया सफल भएमा यो विश्वमा पहिलो यस प्रकारको सफल शल्यक्रिया हुने उल्लेख गरेको थियो । बालकले प्रतिस्थापित फोक्सोबाट शल्यक्रियाको पाँच घण्टापछि सास फेर्न थालेको उल्लेख गरिएको छ । यी बालक जपानमा फोक्सो प्राप्त गर्ने सबैभन्दा कम उमेरका बिरामी हुन् ।
ऊ दुई वर्षको हुँदा उसमा रक्तअर्बुद (ब्लड क्यान्सर) देखिएको थियो र उक्त समयमा उसमा मासी (बोन म्यारो) प्रतिस्थापन गरिएको थियो । यस प्रतिस्थापनका कारण पछि फोक्सोमा रोग देखिएको थियो । रासस÷एएफपी

भिडियो हेर्न यहाँ तल क्लिक गर्नु होस् ।

0 comments:

Post a Comment