Wednesday, July 24, 2013

झापामा वेश्यावृत्ति गर्ने ४ जोडी रंगेहात प्रक्राउ

झापा, श्रावण १०, झापामा प्रहरीले होटल तथा गेष्ट हाउसहरूमा छापा मारेको छ । यस छापामारीका क्रममा ४ जोडीलाई नियन्त्रणमा लिएको बताइएको छ ।

प्रहरीले दमक आसपास क्षेत्रका होटल तथा गेष्ट हाउसहरूमा बढ्दै गएको वेश्यावृत्तिलाई नियन्त्रण गर्नका लागी बुधबार छापा मारेको थियो । यस क्रममा दमकका होटल र लजबाट ४ जोडीलाई नियन्त्रण लिइएको प्रहरीले जनाएको छ ।
यी समातिएका जोडीहरूमाथि अनुसन्धान भइरहेको प्रहरी जनाएको छ । दमकमा रहेको प्रिन्स होटल, ढावा होटल लगायतका होटलहरू तथा गेस्ट हाउसहरूबाट ती जोडी पक्राउ परेको प्रहरीले जनाएको छ ।
khalbalinepal.com bata savar

भिडियो हेर्न यहाँ तल क्लिक गर्नु होस् ।

0 comments:

Post a Comment