Sunday, July 7, 2013

बिहे नगरी सरोगेसी मार्फत बच्चा जन्माउन राखीको सलमानलाई सुझाव

विभिन्न विवादस्पद भनाईहरु सार्वजनिक गरेर चर्चामा आइरहने बलिउड मोडल तथा हर्ट गर्ल राखी सावन्त फेरी यतिबेला मिडियामा अटाएकी छिन् । उनले हालै मात्र एक भारतिय पत्रिकालाई अन्र्तवार्ता दिदै बोलेको केही वाक्यले चर्चा पाएको हो ।

बलिउडमा आमिर खान र साहरुख खानले सरोगेसी मार्फत बच्चा जन्माइसकेका छन् । तर अर्का चर्चित खान सलमान भने अझै पनि अविवाहित नै छन् । सलमान अविवाहित रहेको चिन्ता मोडल राखी सावन्तलाई धेरै नै रहेछ ।
उनले नायक खानलाई बिहे नगरी सरोगेसी मार्फत बच्चा जन्माउन सुझाव दिएकी छिन् । राखीले भनिन्, ‘मलाई लाग्छ सलमानले सरोगेसीको साहारा लिनु जरुरी छ । उनको आज सम्म कुनै पनि प्रेम टिकेको छैन र उनलाई चोखो प्रेम मिलेको छैन । अव उनी बिहे गर्न नै चाहदैनन् भने सरोगेसी मार्फत बच्चा जन्माउनु नै उत्तम विकल्प हो ।’
हालै मात्र सरोगेसी मार्फत तेश्रो सन्तान भित्राएका अर्का चर्चित खान साहरुखलाई राखीले धन्यवाद दिएकी छिन् । राखीले साहरुख प्रति आफूलाई गर्व लागेको बताइन् । विभिन्न विवादस्पद बयान दिएर चर्चामा आउने राखीको यो सुझावलाई बलिउडका अविवाहित नायक सलमान खानले कसरी लिने हुन्, यो भने हेर्न बाँकी नै छ ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नु होस् ।

0 comments:

Post a Comment