Sunday, July 7, 2013

गोलमेच सम्मेलनबारे नेकपा-माओवादीले धारणा बनाउँदै

२३ असार, काठमाण्डौं । नेकपा-माओवादीले गोलमेच सम्म्मेलन बारे आफ्नो धारण तयार पार्दै छ । उच्चस्तरीय राजनीतिक समितिको शनिबार बसेको बैठकले निर्वाचनको विपक्षमा रहेका नेकपा-माओवादीसहितका दलहरुसँग निर्वाचनका विषयमा सहमति जुटाउन गोलमेच सम्मेलन सम्मको ढोका खुल्ला रहेको निर्णय गरेपछि आफ्नो धारणा तय गर्न पार्टी पोलिटव्युरोको बैठक बसिरहेको छ । पार्टी कार्यालय बुद्धनगरमा जारी बैठकमा संविधानसभाको चुनावका लागि अघि सारिएका सर्तमा प्रमुख दलहरु सहभागी उच्चस्तरीय समितिले दिएको प्रतिक्रिया र आगामी रणनीतिका विषयमा छलफल हुने प्रवक्ता पम्फा भूसालले जानकारी दिनुभयो ।
माओवादी पोलिटब्युरो बैठकले निकालेको निष्कर्षका आधारमा आज मोर्चामा रहेका अन्य दलसँग पनि छलफल हुने भूषालले बताउनुभयो । नेकपा-माओवादीको चुनावमा सहभागिताका लागि गोलमेच सम्मेलन, निर्वाचन प्रक्रिया रोक्नेपर्नेलगायत मागमा प्रमुख दलहरुले छलफल गर्न तयार रहेको बताएका छन् ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नु होस् ।

0 comments:

Post a Comment