Sunday, July 7, 2013

खेल मैदानमै छुरी हानाहान, रेफ्री र खेलाडी दुवैको मृत्यु

ब्राजिल, असार 24 । ब्राजिलको एउटा दुर्गमा गाँउमा फुटबल म्याचको दौरान रेफ्री, खेलाडी र समर्थकविच झडप हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्गम पियो जी गाँउमा एउटा गैर व्यवसायीक खेलको दौरान रेफ्री ओटाभियो डा सिल्भाले खेलाडी जोसेनीर डस सान्तोषलाई रातो कार्ड देखाए ।

तर खेलाडी सान्तोषले मैदान छाड्न नमानेपछि रेफ्री र खेलाडीविच झगडा भयो । झगडा लगत्तै रेफ्री डा सिल्भाले खेलाडी जोसेनीरलाई चक्कु प्रहार गरे ।

यसपछि आक्रोशीत समर्थकहरुको एउटा समुहले रेफ्रीमाथी ढुंगा मुढा सहित आक्रमण गर्दा रेफ्री डा सिल्भाको मृत्यु भयो । रेफ्रीको चक्कु प्रहारबाट घाईते खेलाडी जोसेनीरको पनि अस्पताल लैजाँदै गर्दा बाटोमा नैं मृत्यु भयो । प्रहरीले घटनामा संलग्न एक जनालाई पक्राउ गरेर अनुसन्धान गरीरहेको बताईएको छ । घटना गत जुन ३० तारीखको भएपनि भर्खरै चर्चामा आएको छ ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नु होस् ।

0 comments:

Post a Comment