Monday, July 8, 2013

म कुमारी हो की हेनै भन्ने जीउडाल हेरेरै थाहा हुन्छ : सुष्मा कार्की

नेपाली सिनेमा क्षेत्रमा सुष्मा कार्की निक्कै हट नायिकाको रुपमा परिचित छिन् । चलचित्रमा आइटम नृत्य गर्न देखि अभिनय गर्नमा नै सुष्मा निक्कै व्यस्त छिन् । यस्तै नायिका कार्की विदेशमा आयोजना हुने विभिन्न कार्यक्रममा पनि व्यस्त छिन् । उनै नायिका कार्कीलाई मलेसियामा रहेका नेपालीहरुले अनलाइनखबरको सहप्रकाशन नेपाली खबरका लागि सोधेको प्रश्नमा आधारित कुराकानी :तपाईको नाम को अर्थ के हो ? छात्तिको टाटुको अर्थ केहि छ कि ?

मेरो नामको अर्थ मेरा दर्शकलाई आफै अनुमान गर्न भन्छु म । मेरो छात्तिमा गुलाब, सुर्य र तारा छ । त्यसको अर्थ हुन्छ तारा भनेको स्टार अर्थात म उदाउँदै गरेको कलाकार । यस्तै म गुलाब जस्तै सुन्दर छु र सुर्य जस्तै हट छु भन्न खोजेको हो ।
सुष्मा जी तपाई र सुर्दशन जीको प्रेममा मुख्य तगारो तपाईको आमा हो भनिन्छ साँचो हो ? अहिले सुदर्शनको कत्तीको याद आउछ ?व्याय फेण्ड छ कि छैन ? तपाईको उधे्रको चोलीको गितवाट प्रेममा व्रेक भएको हो ?
मेरो आमा तगारो हो भन्ने सबै गलत कुरा हो । मलाई सुदर्शनको खासै याद आउँदैन । मेरो प्रेमी अहिले तत्काल छैन भन्नुपर्ला । उध्रेको चोली गीतमा नृत्य मैले ब्रेक भएपछि गरेको हुँ ।
तपाई कलाकार वन्नमा कस्को हात छ ?फिल्म पाउनको लागि निर्देशक या निमार्ताको ओछ्यान तताउनु पर्छ भनिन्छ साँचो हो ?कति जति चलचित्रमा अभिनय गरिसक्नु भएको छ ?
म कलाकार बन्नुमा मेरो परिवारको ठूलो हात छ । निर्माता निर्देशकको ओछ्यान तताउनु पर्छ भन्ने कुरा गलत हो । मैले हालसम्म डेढ दर्जन सिनेमामा अभिनय गरिसके ।
तपाईलाई एउटा विन्दास केटि भन्दा कत्तिको रुचाउनु हुन्छ ? तपाईले खेलेको ‘विन्दास’ जस्तो चलचित्रले समाजमा कस्तो प्रभाव पर्ला ?के यस्ता चलचित्र आफनो परिवार सँग बसेर हेर्नुभएको छ ?
म आफूलाई विन्दास केटी भन्न रुचाउँदिन । म धार्मिक केटी हुँ । ‘विन्दास’ एउटा सन्देशमुलक सिनेमा हो भन्ने लाग्छ मलाई । विन्दास सिनेमा वुझ्नेलाई खुबै मनपरेको छ । तर विभिन्न अर्थ लगाउनेहरुलाई केही भन्न चाहन्न ।
तपाई रिल लाईफमा जति सेक्सि देखिनुहुन्छ रियल लाईफमा पनि त्यति सेक्सि हुनुहुन्छ ? सेक्सको वारेमा तपाईको धारणा के छ ?
म रियल लाइफमा खासै सेक्सी छैन । म धार्मिक किसिमको युवती हुँ । मलाई सेक्सको बारेमा कुनै पनि प्रतिक्रिया दिनु छैन ।सुष्माजी तपाईलाई मायाको प्रस्ताव राखे भने के भन्नुहुन्छ ?तपाई कुमारी कि अविवाहित मात्र ?
हा हा अहिले नै म केही भन्न चाहन्न । तर प्रेम प्रस्ताव राख्नेलाई ओके भन्ने पक्षमा म छैन । म अविवाहित हुँ भन्ने त सबैलाई थाहा छ । तर कुमारी हुँ कि हैन भन्ने कुरा मेरो जीउडाल हेरेर नै थाहा पाउनुहोला ।
फिल्म क्षेत्र वाहेक अन्य कुनै क्षेत्र रोज्नु भएको छ ? जिवनको अविश्मरणिय क्षणहरु केही छन् ?
मैले अहिले नै कुनै अन्य क्षेत्र रोजेको छैन । मेरो जीवनको अविस्मरणिय क्षणहरु केही पनि छैन ।
तपाई निकै हट र सेक्सि नायिकाको रुपमा चिनिनुहुन्छ ? दर्शकहरुवाट कस्तो प्रतिकृया पाउनु भएको छ ?
मलाई दर्शकहरुले हट भन्दा खुशी लाग्छ । अर्को कुरा उहाँहरुको आखा पनि राम्रो हो भन्ने लाग्छ मलाई ।
तपाईलाई आर्यन सिग्देल,जीवन लुइटेल र सुर्दशन थापा मध्ये को धेरै मन पर्छ ?
मलाई तिनै जना मनपर्दैन ।
राजनीतिलाई कुन दृष्टिकोणले हेर्नुहुन्छ ? तपाईलाई देशको प्रधानमन्त्री बनाइदिएमा पहिलो प्राथमिकता के लाई दिनुहुन्छ ?
मलाई राजनीति खुबै मनपर्छ । म देश बनाउन तर्फ अग्रसर हुन्छु ।
नेपाली कलाकारहरुले निक्कै डिभोर्स गरेको देखिन्छ यस्तो किन हुन्छ होला ? नायिकाहरु विहे पछि हराउने हुन्छ किन होला ?
यो त असमझदारीको कारणले गर्दा भएको हो । विहे गरेपछि नायिकाहरुले घरपरिवार सम्हाल्नु पर्ने भएकाले पनि हराएका होलान् ।
कथाले मागको भन्दै नायिकाहरुमा नांगिने होड चलेको छ यसलाई यहाँले कसरी वुझनु भएको छ ?
कथाले माग्यो भन्दैमा नाङगिनु पर्छ भन्ने कुरालाई म मान्दिन । मैले आजसम्म टु पिस लगाएको छैन ।
विदेशमा वस्ने नेपाली दाजुभाईलाई के भन्न चाहानुहुन्छ ?
म सम्पुर्ण विदेशमा बस्ने नेपालीहरुलाई नेपाल र्फकन भन्छु । यहाँ नै थुप्रै अवसर खडा गर्न सकिन्छ जस्तो लाग्छ मलाई ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नु होस् ।

0 comments:

Post a Comment