Saturday, July 27, 2013

विश्वका पौने अरब मोबाइल फोन ह्याक हुने खतरामा

मोबाइल फोनको सिम कार्ड प्रविधिमा देखिएको गडबडीका कारण विश्वका दशौँ लाख मोबाइल प्रयोगकर्ताहरु आफ्नो मोबाइलमा रहेका डाटा चोरिने तथा विभिन्न प्रकारले ह्याक हुने खतरामा परेका छन् ।

अमेरिकाका चर्चित साइबर सुरक्षा विज्ञ कारस्टेन नोहलले विश्वका झण्डै पौने अर्ब मोबाइल प्रयोगकर्ताहरु आफ्नो मोबाइल ह्याक हुने खतरामा रहेको तथ्य फेला पारेका हुन् ।

आफुले विशेष टेक्स्ट म्यासेज पठाएर सिम कार्डको डिजिटल की पत्ता लगाउन सकिने विधि पत्ता लगाएको उनको दाबी छ । अपराधी तथा ह्याकरहरुले यो विधि पत्ता लगाएर फोन कल सुन्ने तथा मोबाइल बाट पैसा समेत चोर्नसक्ने उनले चेतावनी दिएका छन् ।

मोबाइल नेटवर्क सम्बन्धि विश्वव्यापी सस्था जिएसएम एसोसिएसनले विज्ञको पछिल्लो दाबीको विषयमा अनुसन्धान सुरु गरेको जनाएको छ । एसोसिएसनका प्रवक्ताका अनुसार यसबाट सम्भावित असरको विषयमा सतर्कता अपनाउन सजिलो भएको छ र जोखिममा रहेका मोबाइल सेवा प्रदायक तथा सिमकार्ड निर्माताहरुका लागि सुरक्षा निर्देशिका जारी गरिँदैछ । खासगरी पूरानो प्रविधिबाट उत्पादन गरिएका सिमकार्डहरु खतरामा रहेको हुनसक्ने उनको ठम्याइ छ ।

मोबाइलको सिमकार्ड वास्तवमा प्रभावकारी सुरक्षा टोकन हो जसले नेटकर्व अपरेटरको लागि प्रयोगकर्ताको पहिचानलाई आधिकारिकता प्रदान गर्छ । साथै सिमकार्डमा निश्चिम मात्रामा टेक्स्ट म्यासेज, कन्ट्याक्ट नम्बर तथा केही एप्लिकेसन जस्तै भुक्तानी लिने नम्बर तथा ब्यांकिङ सेवा सम्बन्धिका विस्तृत जानकारी समेत संग्रहित हुन सक्छन् ।
1014286_588825257815911_1275565676_n
विशेषज्ञ नोहलको दाबी छ की उनले यस्तो विधि पत्ता लगाएका छन् जसको माध्यमबाट मोबाइल प्रयोगकर्ताको मोबाइल अपरेटरमा म्यासेज पठाएर उसको सेक्युरिटी कोड पत्ता लगाउन सकिन्छ । यस्तो म्यासेज फर्जी डिजिटल हस्ताक्षरको रुपमा हुन्छ । यस्तो म्यासेज प्राप्त भएपछि अधिकांस मोबाइल फोनको तर्फबाट नेटवर्क अपरेटरले उक्त म्यासेज नक्कली भएको पहिचान गरेपनि झण्डै एक चौथाइ नम्बरबाट भने उक्त म्यासेजको जवाफको रुपमा एरर म्यासेज पठाइन्छ जसमा नबुझिने पारिएको सिमकार्डको आधिकारिक संकेत समेत रहेको हुन्छ ।

यस्तो नबुझिने पारिएको -इन्त्रिmप्टेड) म्यासेजका कारण ह्याकरलाई सिमकार्डको संकेत नम्बर पत्ता लगाउन गाह्रो हुने भएपनि सन् १९७० ताकाको कोडिङ प्रणाली प्रयोग भएका सिमकार्डबाट भने यस्तो इन्त्रिmप्टेड कोडबाट विशेष सफ्टवेयरको प्रयोग गरी ह्याकरहरुले खास आधिकारिक कोड पत्ता लगाउन सक्छन् । यस्तो कोड प्राप्त गरिसकेपछि ह्याकरले उक्त सिमकार्ड प्रयोग भएको मोबाइलमा भाइरस डाउनलोड गरिदिन सक्छन् । त्यसपछि मोबाइल प्रयोगकर्ताले गरेको फोन तथा भ्वाइसमेल ट्याप गर्ने तथा लोकेसन ट्रयाक गर्ने काम समेत गर्न सक्छन् । साथै अन्य प्रविधिको सहायताले उक्त मोबाइल प्रयोगकर्ताको जासूसी समेत गर्न सकिने नोहलको दाबी छ । साथै सो सिमकार्डबाट मोबाइल ब्यांकिङ सेवा लिइरहेको भए त्यस्ता प्रयोगकर्ताको बैंक अकाउण्टबाट पैसा चोरिने खतरा पनि हुन्छ ।

नोहलका अनुसार विश्वमा अहिलेसम्म प्रयोगमा रहेका मध्ये सयमा ८ सिमकार्ड यस्तो प्रकारको जोखिममा छन् । यसको अर्थ विश्वका ५० करोड देखि ७५ करोड मोबाइल प्रयोगकर्ता आक्रमणको जोखिममा छन् ।

यो महिनाको अन्त्यमा अमेरिकाको लस भेगासमा हुने सम्मेलनका क्रममा आफ्नो पछिल्लो खोजको विस्तृत नतिजा सार्वजनिक गर्ने नोहलको भनाइ छ ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नु होस् ।

0 comments:

Post a Comment