Monday, July 8, 2013

तेल ग्याँस रोकिदिएपछि भारत-भुटानबीचको तिक्कता उचाईमा

असार २४ । भारतले आफ्नै प्रान्त जस्तै तर अलग्गै देश भुटानलाई दिँदै आएको खाना पकाउने ग्यास तथा मट्टितेल रोकिदिएपछि उक्त घटनाले दुई देशबीच मनमुटावको दुरीलाई उचाईमा पुर्याईदिएको छ ।

कुनै पूर्व सुचना बिना नै भारतले ६ दिन अगाडी ग्याँस र मट्टितेलको अनुदानमा एक्कासी रोक लगाएपछि भुटानमा ग्याँस र मट्तिेलको अभाव सिर्जना हुन थालेको छ भने त्यसको मूल्य पनि दोब्बर भन्दा माथि पुगेको छ ।

भारतले यसरी बिना सुचना नै किन अनुदान रोक्यो त भन्ने विभिन्न टिका टिप्पणीहरु गरिएका छन् । भुटान न्यूज सर्भिसका जापान विशेष सम्पादक डा. गोविन्द रिजालले भारतीय गुप्तचर संस्थाको रिपोर्टमा मे २४ मा चीनले भुटानमा तीन वटा सैनिक क्याम्प राख्न दिएको रिपोर्ट तयार गरेको र त्यसैको आधारमा भारतले तेल तथा ग्याँस बिना सुचना नै कटौती गरेको टिप्पणी गरेका छन् ।

यसैगरी, टाइम्स अफ इन्डियाले एक वर्षअघि भुटानका प्रधानमन्त्री जिग्मे थिन्लेले चीनका पदाधिकारीसँग ब्राजिलको रियो दि जेनेरियोमा भेट गरी २० वटा गाडी लिएको विषयमा चीनले यसो गरेको हुनसक्ने भनेर समाचार दिएको छ ।

भारतले एकाएक अनुदान रोक्दा आउँदो जुलाई १३ तारिखको भुटानको चुनावलाई समेत प्रभावित पार्ने भएको छ ।

भुटान अलग्गै देश भए पनि भारतले आफ्नै राज्य जस्तै गर्दै आएको थियो । भुटानमा भारतको बोली बिक्ने गर्दथ्यो । तर भुटान र चीनबीच पनि सम्बन्ध विस्तार हुन थालेपछि भारतले भुटानलाई यस्तो व्यवहार गरेको हो । भारतको आर्थिक लगानीमा भुटानमा थुप्रै परियोजना संचालन भइरहेका छन् । तर पछिल्लो घटनाले अब यी दुई देशबीच सम्बन्ध सुध्रन समय लाग्ने विश्लेष गरिएको छ ।

बिनाजानकारी दैनिक उपभोग्य सामानमा लगाएको यो रोकले यी दुई देशबीचको विवादको दुरीलाई उचाईमा पुर्याईदिएको छ भने भारतले चीनकै कारणलाई देखाएर यस्तो गरेपछि त्रिदेशीय रुपमा यसको प्रभाव पर्ने देखिन्छ ।

यसरी एकाएक आपूर्ति रोक लगाइएकोबारे भुटानका अन्तरिम सरकार प्रमुख सोनाम टोग्बेले पनि निक्कै चासोका साथ यस घटनालाई लिएका छन् ।

चुनावको संघारमा रहेको भुटानमा यसरी भारतको यस्तो दैनिक उपभोग्य सामानको आपूर्तिमा रोक लगाईदिएपछि भुटानी पक्षले यस घटनालाई चुनाव प्रभाव पार्न गरिएको षड्यन्त्रका रुपमा लिएका छन् ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नु होस् ।

0 comments:

Post a Comment