Wednesday, July 24, 2013

नेपालमा पहिलोपटक घुम्ने बुद्धको मुर्ति निर्माण, हेर्नेको घुइँचो

ज्ञानमालासभा महाचैत्य विहार टक्सार तानसेन पाल्पाले नेपालमा पहिलो पटक घुम्ने बुद्ध मुर्तिको निर्माण गरेको छ ।

बिहारले करीव साढे २ बर्ष लगाएर ७ फिटको अग्लो बुद्ध मुर्ति स्थापना गरेको हो । घुम्ने बुद्ध मुर्तिको सबैका लागि साउन ७ गतेदेखि औपचारीक रुपमा सार्वजनिक गरिएको छ । घुम्ने बुद्ध मुर्तिको तानसेन टक्सार निवासी तिलकमान महर्जनको संयोजकत्वमा मुर्तिकार रामलाल शाक्य, मंगल प्रसाद बज्राचार्य, ईन्द्रलाल शाक्य, र दिपेन्द्र बज्राचार्य लगायरका टोलीले साढे २ बर्ष लगाएर निर्माण पुरा गरेका हुन् ।
तानसेनको धेरैजसो स्थानबाट घुम्ने बुद्ध मुर्तिको दर्शन गर्न सकिने समितिका अध्यक्ष चकोरमान शाक्यले बताउनु भयो ।
बुद्धमुतिले १ घण्टामा ६ पटकसम्म घुम्ने गरी निर्माण गरिएको छ । परिक्रमित बुद्धमुर्ति लुम्बिनीका बौद्ध भिक्षु सागर धम्मले एक समारोहबीच उद्घाटन गर्नुभएको थियो । नेपालमै पहिलो घुम्ने बुद्धको मुर्ति निर्माण भएकाले लुम्विनी र पोखरा आउने स्वदेशी तथा विदेशी बौद्ध पर्यटकहरुलाई समेत आकर्षित गर्ने, पाल्पाको पर्यटन विकासमा पनि टेवा पुग्ने ज्ञानमालासभाले जनाएको छ । मुर्तिकारहरुले बुद्धको मुर्ति निर्माण गर्दा कुनै शुल्क नलिएको सरसरमानको मात्र करीव साढे २ लाख खर्च भएको मुर्ति निर्माण समितिका संयोजक महर्जनले बताउनु भयो ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नु होस् ।

0 comments:

Post a Comment