Friday, July 5, 2013

शुक्र ग्रहमा खतरनाक आँधी !

असार २१, मंगल ग्रह जस्तै शुक्र ग्रह पनि हाम्रो पृथ्वीको दोश्रो नजिकको छिमेकी ग्रह हो । तर, पृथ्वी भन्दा सूर्यको अझ नजिक भएका कारण यहाँको तापक्रम निकै बढि हुने गर्दछ । यस ग्रहको वायुमण्डलमा पनि निकै तातो आँधीहरू चलिनै रहने गर्दछ ।

वैज्ञानिकहरूका अनुसार यी आँधी समयको साथ साथै रहस्यमय ढंगले अझ बढिरहेको छ ।
उक्त आँधी ४०० किलोमीटर प्रतिघण्टा भन्दा पनि तिव्र गतिमा शुक्र ग्रहलाइ हल्लाइरहेको छ । हाम्रो पृथ्वीमा पनि बेला बेलामा यो बबण्डर अर्थात टोरनेडोको रूपमा देखिने गर्दछ । शुक्र ग्रहमा यो आँधीहरूको गति यस प्रकार बढ्दै गएको छ कि यसले मात्र चार दिनमा पुरै ग्रहको चक्कर लगाउने गर्दछ । वैज्ञानिकहरूका अनुसार गएका ६ बर्षमा शुक्र ग्रहको माथिल्लो परतमा यस प्रकारका आँधीको गति १०० किलोमीटरबाट बढेर ४०० किलोमीटर प्रतिघण्टाको बराबर पुगिसकेको छ ।

पृथ्वी जतिनै ठुलो

शुक्र ग्रह लगभग पृथ्वी जतिनै ठुलो छ । सूर्यको परिक्रमा गर्दा जब यी दुइ ग्रह नजिक हुनेगर्दछन, त्यतिबेल यी दुइ ग्रहको निकटतम दूरी ३ करोड ८० लाख किलोमीटर हुने गर्दछ । दुबैका बिचमा सबैभन्दा ठुलो अन्तर भनेको यिनीहरूको वायुमण्डलको बनावट र त्यसमा पाइने तापक्रम नै हो ।

शुक्र ग्रहको वायुमण्डलमा ९६.५ प्रतिशत कार्बन डाईअक्साइड र ३.५ प्रतिशत नाइट्रोजन रहेको छ । यो यति धेरै बाक्लो छ कि जसका कारण यस ग्रहको धरातलमा पृथ्वीको अपेक्षा ९२ गुणा धेरै वायुमण्डलीय दबाव रहने गर्दछ । सूर्यबाट नजिक, घना वायुमण्डल र वायुमण्डलमा पनि लगभग मात्र कार्बन डाईअक्साइड भरिएका कारण यसको औसत तापक्रम ४६४ डिग्री सेल्सियस हुने गर्दछ ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नु होस् ।

0 comments:

Post a Comment