Saturday, July 27, 2013

छोरा पछि ज्वाईका तनावमा ज्ञानेन्द्र

काठमाडौं÷दुई सय ४० बर्षे राजसंस्थाको अन्त्य आफ्ना पालामा भएर तनावमा रहेका ज्ञानेन्द्रलाई पारिवारिक तनावले पनि छोडेको छैन् । छोरा पारसका कारण अनेकौं समस्या र हण्डर खेप्दै आएका पूर्वराजा ज्ञानेन्द्र शाह पछिल्लो समय छोरी ज्वाई राजबहादुर सिंहले बेलाबेखतमा गरिरहने लफडाले हैरान बनेका छन् । ज्ञानेन्द्रले एक मात्र ज्वाई सिंहले आङ्खनो भावनालाई लत्याउने गरेकाले पटक–पटक मन दुखेको गुनासो निकटस्थहरुलाई सुनाउछन् ।
ज्वाई सिंह आङ्खनो र परिवारको इच्छा विपरीत राजनीतिक दलमा आबद्ध भएको, छोरीसित झगडा गरेर टाढिन खोजेको, अराजक गतिविधि गरेर परिवारकै बेइज्जति गरेको गुनासो ज्ञानेन्द्रको छ तर अझसम्म यी सबै गुनासाबारे उनले जवाईसंग कुरा गर्न सकेका छैनन् । नागार्जुन स्रोतका अनुसार ज्ञानेन्द्रले छोरी प्रेरण्ाँलाई बेलाबेलामा दिने गरेको तनावका विÈयमा भने मुख खोलेर ज्वाई राजबहादुरसित कुरा गर्ने गरेका छन् ।
राजबहादुरसंग पूर्व राजपरिवार असन्तुष्ट बनेको पछिल्लो समयमा मात्र होइन । उनको व्यवहारबाट सुरुदेखि नै पत्नी प्रेरण्ाँ, पूर्वराजा ज्ञानेन्द्र र राज परिवारले चित्त दुखाउ“दै आएको छ । निर्मल निवास स्रोतले भन्यो ‘धेरैपटक त राजबहादुरको व्यवहारले निर्मल निवासको शान्ति नै बिथोलेको छ ।’
प्रेरण्ाँलाई त राजबहादुरले तनाव दिन्थे नै त्यति मात्रै होइन, बेलाबेलामा गर्ने अराजक र कानुन विपरीत कामले दरबारको समेत बेइज्जत गरेको पूर्व राजपरिवारको बुझाइ छ । रोयल क्यासिनोका प्रबन्ध निर्देशक राजबहादुरले नेपालीलाई जुवा खेलाएको अभियोगमा प्रहरीको खोजी सुचीमा समेत परे । प्रेरण्ाँका साथीहरुका अनुसार उनको अस्वाभाविक मोटोपनको समस्याले राजबहादुर अन्यत्रै मन डुलाउन थालेका थिए । त्यसपछि ०६८ मंसिरमा अप्रेसन गरेर प्रेरण्ाँको शरीरबाट झन्डै १२ किलो बोसो निकालियो । उनीहरुबीचमा यति विग्रह भएको छ कि गत वर्Èको मंसिरमा सिंगापुरमा प्रेरण्ाँको अप्रेसन हु“दा सिंगापुरमै रहेका राजबहादुर भेट्न समेत गएनन् ।
राजबहादुर रश्मिला नामकी पूर्व एयर होस्टेससित पल्केको प्रेरणाले पत्तो पाइन । पत्तो अनुरुप ०६८ भदौको अन्त्यतिर प्रेरण्ाँ आफै“ रश्मिलाको घर गएर पति राजबहादुरसितको सम्बन्धबारे सोधपुछ समेत गरिन । यसैका कारण राजबहादुर र प्रेरण्ाँको एक पटक त झन्डैझन्डै सम्बन्ध विच्छेदको अवस्थामा पुगेको थियो । त्यसवेला प्रेरण्ाँ घर छाडेर करिब ६ महिना माइतीघर निर्मल निवासमै बसेकी थिइन । अन्य केटीहरुसंगको हिमचीमका कारण जेठान पारस शाह र राजबहादुरझगडा हुने स्थिति समेत पैदा भएको थियो । दुई÷तीनपटक त पारस राजबहादुरलाई ‘ठाउ“को ठाउ“ ठीक पार्ने’ भन्दै खोज्नसमेत हि“डेको स्रोत बताउछ । तर, पारस त्यहा“ पुग्नु अगावै राजबहादुर त्यहा“बाट जोगिने गरेका थिए । ‘पारसले बहिनी प्रेरण्ाँलाई निकै माया गर्छन्, राजबहादुर अरु कुनै महिलासित नजिकिएको सहन सक्दैनन् । तयसैले उनीहरुबीच बेलाबेला घम्साघम्सी हुने अवस्था देखिने गर्छ,’ पारसका एक साथी भन्छन् ।
भाउजु हीमानीले पनि प्रेरण्ाँलाई निकै माया गर्छिन् । उनले ज्वाइ“ राज बहादुरलाई पटक पटक सम्झाउने गरेको पनि स्रोत बताउछ । एकपटक त उनले धम्कीपूणर््ँ भाÈामा ‘प्रेरण्ाँलाई केही भए आफू चुप लागेर नबस्ने’ चेतावनी राजबहादुरलाई दिएको स्रोत बताउछ ।
पूर्वराजा ज्ञानेन्द्र भने मनमा असन्तोÈ बोके पनि राजबहादुरसित यस्ता घटनाबारे कुरा गरेका छैनन् । त्यही भएर राजबहादुरको उनीसितको सम्बन्ध भने सामान्य छ ।
ससुरा ज्ञानेन्द्र र जेठान पारसलाई थाहै नदिई राजबहादुर एकपटक हरिचरण्ँ शाहले नेतृत्व गरेको जनता दलमा प्रवेश गरेका थिए । उनी जनता दलमा गएको ज्ञानेन्द्र र पारसलाई पटक्कै मन परेको थिएन । पारसले त्यसको विरोध समेत गरेका उनका एक सार्थीले बताए । ससुरा र जेठानको असन्तुष्टीका कारण राजबहादुर जनता दलमा सक्रिय भएनन ।
राजबहादुर छाउनी स्थित ससुरालीले दाइजोमा दिएको घरमा बस्ने गर्छन् । उक्त घर पूर्वराजा वीरेन्द्रको बंशको हो । अहिले त्यो घर नेपाल ट्रष्टको स्वामित्वमा छ । ट्रष्टले घर खाली गरिदिन पत्राचार समेत गरेको छ । तर उनले त्यो कुरा अटेर गर्दै आएका छन् ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नु होस् ।

0 comments:

Post a Comment