Monday, July 1, 2013

पूर्व पतिको गुप्तांग काटेर फाल्ने महिलालाइ जन्मकैद

असार , अमेरिकामा एक महिलामाथि आफ्ना पूर्व पतिको गुप्तांग काटेर त्यसलाइ भान्साको फोहोर फाल्ने भाँडोमा हालेको आरोप लागेको थियो । अब ती महिलालाइ जन्मकैदको सजायँ सुनाइएको छ ।

५० बर्षकी क्याथरीन कीयूका वकिलहरूले बताए अनुसार उनी मानसिक रूपमा पूर्ण रूपमा ठिक छैनन । वकील यसका लागी उनका पूर्व पति र बचपनमा भएको दुर्व्यवहारलाइ दोषी भएको बताउँछन । क्याथरिनलाइ आफ्नो यस कार्य प्रति कुनै पश्चाताप नभएको बताइन्छ ।
क्याथरीनका पूर्व पतिका अनुसार यस आक्रमणबाट आफ्नो जिन्दगीको एक महत्वपूर्ण भागनै नष्ट भएको छ । आफ्नो लिङ्गको पहिचानको संकटमा उनी परेका छन ।

बताइए अनुसार क्याथरीनले आफ्ना पूर्व पतिलाइ निद्राको चक्की दिएर सुताएकी थिइन, त्यसपछि उनलाइ बाँधेर सन २०११ को जुलाई मा उनलाइ चक्कुले आक्रमण गरेकी थिइन ।
प्रहरीका अनुसार जब यो घटना भयो, त्यतिबेला दुबैजना सम्बन्ध बिच्छेदको प्रकृयामा थिए ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नु होस् ।

0 comments:

Post a Comment