Friday, July 5, 2013

बंगलादेशमा पोसाक किन्ने अमेरिका र युरोपेली मुलुकका खरिदकर्ता नेपालमा

२२ असार, काठमाण्डौं । सरकारले तयारी पोसाक उद्योगको बजार पुनः स्थापनाका लागि पहल गर्ने भएको छ ।

अमेरिका र युरोपेली मुलुकका क्रेताले नेपालबाट तयारी पोसाक किन्न चासो देखाएपछि यो अवसर लिन सरकार निजी क्षेत्रसँग मिलेर अघि बढ्न लागेको हो । बंगलादेशमा उत्पादन भएको तयारी पोसाकको सहुलियत हटाउने संकेत गरेपछि विदेशी क्रेता नेपाल आउन थालेका छन् ।

‘बंगलादेशमा देखिएको समस्यापछि तयारी पोसाकको बजार विस्तारको सम्भावना देखिएको छ,’ वाणिज्य मन्त्रालयका सहसचिव जीवराज कोइरालाले भने, ‘पहिलो चरणमा हामीले तयारी पोसाक उद्योगीसँग छलफल गर्दैछौं । उहाँहरुको सुझावका आधारमा कसरी अघि बढ्ने भन्ने टुंगोमा पुग्नेछौं ।’ मन्त्रालयले तयारी पोसाक उद्योग संघका प्रतिनिधीसँग आइतबार छलफल गर्ने नागरिक दैनिकमा खबर छ । संघका अध्यक्ष उदयराज पाण्डेले तयारी पोसाकको बजार पुनःस्थापनाको लागि सरकारले पनि सक्रियता देखाएको बताए ।
उद्योगीहरुका अनुसार बंगलादेशमा समस्या देखिन थालेपछि अमेरिकी क्रेता पनि नेपाल आएका छन् । विदेशी क्रेता आएर तयारी पोसाक किन्न चासो रखोपनि उनीहरुले ज्याला र समयमा आपूर्ति गुर्नपर्ने सर्त राखेका छन् । बंगलादेशमा मजदुरको न्यूनतम तलब मासिक ३७ अमेरिकी डलर छ । नेपालमा भने हालै भएको वृद्धिपछि झन्डै ९० डलर छ । बंगलादेशको न्यूनतम तलब विश्वकै कम हो ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नु होस् ।

0 comments:

Post a Comment