Saturday, July 27, 2013

‘सबैले तक्मे बुढा भने, मेरो बुढा कसैले भनेनन्’ : विल्सन विक्रम राई(तक्मे बुढा)

स्टेजमा उनी पुगेपछि चुप लागेको मानिस पनि हाँस्न थाल्छ । कुनै तयारी बिना नै स्टेजमा पुग्ने विल्सन विक्रम राई अर्थात तक्मे बुढा हसँाउन खप्पिस छन् । भन्छन्, ‘म स्टेजमै पुगेर त्यहाँको अवस्था अनुसार कमेडी तयार गर्छु सायद यसैले दर्शकले मन पराउनु हुन्छ होला ।’विश्वभर ‘तक्मे बुढा’को नामले परिचित बनेका विल्सनलाई प्रेम प्रस्ताव कति आउँछ होला त । उनी भन्छन् ‘सबैले तक्मे बुढा मात्र भने मेरो बुढा कसैले भनेनन् ।’ निक्कै ठट्यौली तबरले कुरा गर्ने तक्मेले जीवनमा प्रेम त गरेको तर अधुरै रहेको बताए । उनले भने, ‘जती बेला मसँग केही थिएन त्यतिबेला समय र कोही थियो तर जब मसँग केही छ समय र आफ्नो मान्छे छैन ।’

विभिन्न देशका कार्यक्रममा पुग्दा ‘आई लभ यू’ भन्नेहरुको संख्या पनि धेरै भएको विल्सन बताउछन् । तर उनको वुझाई केही फरक छ । विल्सन भन्छन्, ‘सबैले तक्मे बुढालाई मन पराउनुहुन्छ, विल्सनलाई होइन । मलाई त विल्सनलाई मन पराउने युवती चाहिएको छ ।’ तक्मे बुढा र विल्सन विक्रम दुई फरकको परिचय फरक भएको उनको तर्क । ‘कहिलेकाही त मलाई पनि तक्मे बुढा बन्न मन लाग्छ, विल्सनले भने ।’ जीवनमा निक्कै धेरै संघर्ष गरेर यो क्षेत्रमा स्थापित भएका तक्मे बुढा अर्थात विल्सनविक्रम राइको जीवन र भोगाइको कथा हामी केही दिनम अनलाइनखबरमा प्रकाशन गर्नेछौ ।source online khbar

भिडियो हेर्न यहाँ तल क्लिक गर्नु होस् ।

0 comments:

Post a Comment