Monday, July 8, 2013

रेकर्ड तोड्दै डलरको मूल्य ९८ रुपैयाँ नाघ्यो

२४ असार, काठमाडौं । अमेरिकी डलरले एक महिनाकै अन्तरमा भारुसँगको विनियमदरमा आफ्नो रेकर्ड तोड्दै सोमबार ६१.१९ भारु पुगेको छ । यसको नेपाली रुपान्तरण ९७ रुपैयाँ ९० पैसा हुन्छ । भारतमा डलरको बिक्री मूल्य दिनभर ६०.८० भारुभन्दा माथि रहेको छ ।


नेपालसँग भारुको विनियम दर स्थिर रहेका कारण डलरसँग भारु अवमूल्यन हुँदा नेपाली रुपैयाँ पनि अवमूल्यन हुन्छ । आज नेपालमा वाणिज्य बैंकहरुले ९८ रुपैयाँको सेरोफेरोमा डलर बिक्री गरेका छन् । नबिल बैंकले अपरान्ह डलरको बिक्री मूल्य ९८ रुपैयाँ १० पैसा तय गरेको छ भने किष्ट बैंकले ९७ रुपैयाँ ७५ पैसा तय गरेको छ । एभरेष्ट बैंकले बिक्री दर ९८ रुपैयाँ तोकेको भने नेपाल इन्भेष्टमेन्ट बैंकले ९७ रुपैयाँ ९५ पैसा तोकेको छ ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नु होस् ।

0 comments:

Post a Comment