Monday, July 8, 2013

भारतको अहिलेसम्मकै सबभन्दा कामुक चलचित्र (फोटो र भिडियोसहित)''

बलिउडमा रिलिज हुनुअघि नै चर्चित भएको कामोत्तेजक चलचित्र बी.ए. पासले विभिन्न चलचित्र समारोहमा कयौ पुरस्कार हात पारिसकेको छ। अजय बहल निर्देशित र ‘चक दे इन्डिया’ फेम शिल्पा शुक्ला अभिनित यो चलचित्रलाई भारतमा अहिलेसम्म बनेका सबैभन्दा कामुक चलचित्र भएको बताइएको छ।
त्यसो त भारतमा कयौ कामोत्तेजक चलचित्र बनिसकेका छन् । तर, केही रिलिज हुनुअघि नै चर्को विरोधका कारण प्रदर्शन नै भएनन् भने कति फ्लप भए । या रिलिज नै भएनन् । भारतमा पूर्णतः सेक्स अर्थात यौनसम्बन्धका विषयमा चलचित्र बनाउँदा प्रायः निर्माता हुन् वा निर्देशक दुवै डराउने गर्दछन् ।
तर, यो सबका बावजुद बलिउड होस् या हलिउड कमर्सियल फिल्म हुन् वा कलात्मक चलचित्र निर्देशक होस् वा नौसिखिए सेक्स फिल्मका लागि सधै रुचीको विषय बन्ने गरेको छ ।''


यो फिल्म चर्चित लेखक मोहन सिक्काको सन् २०१० मा प्रकाशित लघु कथासंग्रह ‘देल्ही नायर’ बाट लिइएको कथा ‘द रेल्वे आन्टी’ मा आधारित छ । अजय बहललाई यो कथाले यति धेरै प्रभावित गरेछ कि उयनले यही कथामा आधारित चलचित्र ‘बीए पास’ बनाउने निर्णय गरे । चलचित्र चक दे इण्डियाको बिन्दिया नायक अर्थात शिल्पा शुक्लाले यो चलचित्रमा मुख्य भूमिका निर्वाह गरेकी छन् ।''

शिल्पा चक दे इण्डियामा एउटी घमण्डी र जिद्दी हकी प्लेयरको भूमिकामा आफ्नो दमदार अभियन गरेर सबैलाई प्रभावित गर्न सफल भइसकेकी छन् । निकै समय पर्दाबाट टाढा रहेकी शिल्पा अब अजय बहलको फिल्ममा बोल्ड भूमिका लिएर एकपटक पुनः धमाकेदार ढंगले प्रस्तुत हुने भएकी छन् ।

विभिन्न राष्ट्रिय एवं अन्तर्राष्ट्रिय फिल्म समारोहमा कयौ पुरस्कार पप्त गरिसकेको कामुक दृष्यले भरिपूर्ण यो चलचित्रलाई हिन्दी चलचित्र उद्योगमा अनौठो चलचित्र मानिएको छ । त्यसो त शिल्पाले चक दे इण्डियापछि केही फिल्ममा काम गरेकी छन् तर बीए पासमा उनी बिल्कुल नयाँ प्रकारको भूमिकामा देखा पर्ने छिन् । चलचित्रमा शिल्पा राजेश शर्मा र दिब्येन्दु भट्टाचार्यका साथै ओसियानमा बेस्ट एक्टरको अवार्ड जितिसकेका अभिनेता शादाव कमल पनि मूख्य भूमिकामा देखिने छन् ।'

भिडियो हेर्नुहोस

‘बीए पास’ सामान्यत यसअघि बनेका कामुक दृष्य भएका चलचित्रभन्दा फरक रहेको बताइएको छ । यो ती आम चलचित्रभन्दा अलग छ जसको केन्द्रविन्दु सेक्स हुने गरेको छ । र, जसमा अनावश्यक रुपमा वासनालाई प्राथमिकता दिने गरिन्छ ।''

विवादास्पद विषयमा बनेको बीए पासले यौन सम्बन्धलाई सही अर्थमा प्रस्तुत गरेको छ। यो चलचित्रमा कामुद दृष्यलाई फरक फरक ढंगले फिल्माइएको छ । यो फिल्मले शयनकक्षी क्रियाहरुलाई फरक ढंगले बयान गर्दछ । जस्तो भारतीय चलचित्रमा यसअघि कहिल्यै प्रस्तुत गरिएको छैन ।'

चलचित्रको कथा दिल्ली र आसपासका सहरमा आधारित छ । यसको टाइटल बीएले भारतको सामान्य डिग्रीलाई इंगित गर्दछ । कथामा सानो सहरको १९ वर्षीय युवक मुकेश दिल्ली आउछ र यहाँ पैसा कमाउनका लागि उ पुरुष बेश्यवृत्तिको दलदलमा फस्दछ ।कयौ पुरस्कार प्राप्त गरिसकेको यो 'चलचित्रलाई भारतको अग्रणी १२औं ओसियान सिनेफेन फिल्म महोत्सव २०१२ मा सर्वश्रेष्ठ फिल्म र सर्वश्रेष्ठ अभिनेताको पुरस्कार प्राप्त भएको थियो । यसका साथै २०१२ को साउथ एसियन फिल्म समारोहमा सर्वश्रेष्ठ अभिनेता (सपोर्टिङ रोल), मन्ट्रियल वर्ल्ड फिल्म समारोह कोलकाता अन्तर्राष्ट्रिय फिल्म समारोह वा बंग्लौर अन्तर्राष्ट्रिय फिल्म समारोहको पुरस्कार पनि बीए पासले हात पारिसकेको छ। चलचित्रले प्राप्त गरेका पुरस्कारमा सैन्ट फिटर्सबर्ग अन्तर्राष्ट्रिय फिल्म समारोह र २०१३ को साउथ कोरियामा आयोजित जियोंजु अन्तर्राष्ट्रिय फिल्म समारोह पुरस्कार पनि संलग्न छ। मात्र ९२ मिनेटको यो चलचित्रमा २२ मिनेट सेक्स सीनमा खर्च गरिएको छ । एजेन्सी''

भिडियो हेर्न यहाँ तल क्लिक गर्नु होस् ।

0 comments:

Post a Comment