Tuesday, July 9, 2013

फ्यानले घेरेपछि भागिन् रिहाना

काठमाडौ, असार २५ - सेलिब्रिटीका लागि फ्यान भनेका अक्सिजन जत्तिकै हुन्छन् । उनीहरूकै कारण सेलिबि्रटी चम्किएका हुन्छन् । फ्यानकै उत्साहपूर्ण प्रशंसाले सेलिबि्रटीलाई अघि बढ्न मद्दत पनि गर्छ । तर सधैं यस्तो हुँदैन । कुनैबेला तिनै फ्यान सेलिब्रिटीका लागि घाँडो पनि बन्दो रहेछ । नपत्याए रिहानाका कुरा सुने हुन्छ । २५ वर्षीया यी गायिका जब आइतबार छुट्टी मनाउने मनसायले नजिककी साथी मेलिसा फोर्डका साथ पोल्यान्डको एक समुद्री तटमा पुगिन्, उनले रमाइलोभन्दा बढी झन्झट बेहोर्नुपर्‍यो । ठूला छाताको छहारीमा साथीसँगै यसो पल्टेर आराम गर्न मात्रै के आँटेकी थिइन्, स्थानीय फ्यानहरूले उनीलाई घेरिहाले । अरूले नदेखिऊन् भनेर छाताको छेल परेका दुई सुन्दरी एकाएक आएका फ्यानले फोटो खिच्नेदेखि अटोग्राफका लागि हैरानी पारेपछि त्यहाँबाट कुलेलम ठोकेका थिए । छुट्टी खेर गएपछि आक्रोशित बनेकी 'डायमन्ड' गायिका रिहानाले इन्सटाग्राममा सोही समुद्री तटको भिडियो अपलोड गर्दै लेखेकी छन्, 'यो त्यही हो- पोल्यान्डको आजको बिच डे कस्तो थियो भन्ने । सम्भव भएसम्मको गर्मी । अनि अभद्र जनावरले घेरिएको पिँजडाजस्तो ।' उनले आफ्ना फ्यानलाई आपत्तिजनक शब्दको प्रयोग गर्दै जनावरसँग तुलना गरिन् । रिहानाको रिस यतिले पनि मरेन र अझ थपिन्, 'समुद्री तटमा मज्जाले दिन बिताउने सपना खत्तम भयो ।' उनी यतिबेला डायमन्ड वल्र्ड टुरमा छिन् ।


भिडियो हेर्न यहाँ तल क्लिक गर्नु होस् ।

0 comments:

Post a Comment