Monday, July 8, 2013

घडि र एयरफोन चोरेको आरोपमा खाएको कुटाईले ज्यानै गयो

२५ असार, काठमाण्डौं । रत्नपार्कको फुटपाथ पसलबाट मोबाइलको एयरफोन र घडी चोरेको आरोपमा फुटपाथ व्यापारीले कुटपिट गर्दा उक युवकको ज्यान गएको छ । बाँके बैजापुरका १८ बर्षका राजेश चौधरीलाई चोरी आरोपमा चार दिनअघि व्यापारीले कुटपिट गर्दा उनको ज्यान गएको हो । सँगै रहेका उनका काकाका छोरा १७ बर्षका रमेश थारु घाइते छन् ।

साताअघि बाँकेबाट काठमाण्डौं घुम्न आएका उनीहरु असार २० गते खुलामञ्चको फुटपाथ पसलमा मोबाइलको एयरफोन, हाउजिङ र घडि किन्न पुगेका थिए । पसलमा भाउ सोध्दैँ हिँडेका उनीहरुलाई व्यापारीले चेार चोर भन्दै कुटपिट गरेको मंगलबार प्रकाशित कान्तिपुर दैनिकमा खबर छ । राजेश मुटुको रोगीसमेत भएको प्रहरीले जनाएको छ । चोर भन्दै पिट्न थालेपनि रमेश भाग्न सफल भएका थिए । राजेश बहोस भएर भुइामा ढलेपछि पिट्नेहरुले नै उनलाई पानी छ्यापेर व्युत्याउने प्रसास गरेका थिए । तर त्यहीबेला नै उनको मृत्यु भइसकेको प्रहरीले जनाएको छ ।
कुटपिट गर्ने तीन जनालाई महानगरीय प्रहरी अपराध महाशाखाले पक्राउ गरेको छ । पक्राउ पर्नेमा यलाम घरभई टुँडिखेलमा घडी पसल गर्ने सुकुहाङ आङदम्बे, बेल्ट तथा पर्सको व्यापार गर्ने धरानका सबिन श्रेष्ठ र मोवाईलको पार्टपुर्जा बेच्ने उदयपुरका रमेश थापामगर रहेका छन् ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नु होस् ।

0 comments:

Post a Comment