Wednesday, July 24, 2013

मृत्युदण्डको सजायँ सुनाइएका नेपालीलाई बचाउन सकिन्छ : दूतावास

९ साउन, यूएई । संयुक्त राज्य अरब इमीरेट्स युएईमा नेपालीलाई मृत्यूदण्डको फैसला सुनाइएका र जेल जीवन बिताइरहेका उपर थप बहस पैरवी र आधार प्रमाण पेश गर्न सके माथिल्लो अदालतमा गएर या ब्लड मनीबाट उनीहरुको प्राण रक्षा गर्न सकिने यूएईका लागी नेपाली राजदुतावासले जनाएको छ ।

संयूत राज्य अरव इमीरेदस युएईमा हालसम्म ३ नेपालीलाई मृत्युदण्डको फैसला यहाँका स्थानीय अदालतले सुनाइसकेका छन् । फैसला सुनाइएका तीनैजना लामो समयदेखि जेल जीवन बिताइरहेका छन् । उनीहरु आफूलाई मृत्युको मुखमा राखेर जीवन- मरणको दोसाँधमा छन् । यीमध्ये एकजनालाइ माफी हुन सक्ने र मृत्युदण्डबाट जोगाउने सम्भावना बलियो रहेको र यसको अन्तिम टुंगो भइसकेको दुतावास स्रोतले बतायो।

संखुवासभाका अनिश खालिङ राईलाई शनिबार यहाँको अलायन अदालतले मृत्युदण्डको फैसला सुनाएपछि युएईमा यहाँको कानुन उलंघन गरी हत्यामा संलग्न भएको अभियोगमा हालसम्म मृत्युदण्डको सजायँ पाउने नेपालीको संख्या ३ पुगेको हो ।

यसअघि मृत्यूदण्ड सुनाइएका नेपालीहरुमा सन् २००९ जनवरी १४ मा गणेशवहादुर बस्नेतको हत्यामा संलग्न भनिएका दूर्गाबहादुर सुनार र २००३ जनवरीदेखि भारतीय शरदकुमारको हत्यामा संलग्न भनिएका अमरबहादुर बम छन् । अनिशलाई पाकिस्तानी नागरिकको हत्यामा संलग्नरहेको आरोप लगाइएको छ ।

तर, यहाँको अदालतले मृत्युदण्डको फैसला सुनाएका सवै नेपालीलाई मृत्युदण्ड नै दिइन्छ र यो नै अन्तिम टुंगो हो भन्न नमिल्ने यहाँस्थित नेपाली दूतावासले जनाएको छ । दुतावासका उपनियोग प्रमूख दीपक अधिकारीका अनुसार यहाँको प्रारंभिक अदालतले गरेको फैसला नै अन्तिम फैसला होइन । पुनरावेदन र सर्वोच्चसम्म गएर आफुले अपराधिक मनस्थिले त्यस्तो कार्य गरेको होइन, भवितव्यमा भएको वा दोषी नै नभएको प्रमाण पेस गरेर चोखिन सकिन्छ । अधिकारीले क्भन्नुभयो, ‘तर परदेश भएकाले वहस पैरवीमा आर्थिक र सबै कारणले अपठारो हुन सक्छ ।’

युएईमा ब्लडमनी अर्थात पीडित परिवारले मागेजति पैसा तिरेर पीडकलाई फाँसी नदिइयोस् भन्ने अनुरोध गरे पनि मृत्युदण्डबाट जोगाउन सकिने प्र्रावधान छ ।

शनिवार अलायन अदालतले फैसला सुनाएको भनिएका अनिश राईको विषयमा यूएइ सरकार या सम्वन्धित अदातलबाट कुनै पनि राजदुतावासलाई पत्र नआएको स्रोतले बतायो । गएको कार्तिकदेखि जेल जीवन बिताइरहेका आपim्ना श्रीमान अनिशको जीवनरक्षाको माग गर्दै श्रीमती बिना राईले दुतावासलाई पत्र लेखेकी छन् ।

अनीशलाई पनि यहाँस्थित अलायनको प्रारम्भिक अदातलले मात्रै मृत्युदण्डको फैसला सुनाएकाले उनलाइ बचाउन सकिने तर थप प्रमाणका साथै माथिल्लो अदातलमा जाने सबै वातावरण मिल्न्ाुपर्ने उपनियोग प्रमुख अधिकारीले बताउनुभयो । उहाँले भन्नुभयो,’सन् २००९ जनवरी १४ मा गणेशबहादुर वस्नेतको हत्यामा संलग्न मृत्युदण्डको फैसला सुनाइएका दूर्गाबहादुर सूनारको अदालतले माफी दिने करीव करीव टुंगो लागेको छ । उनको यहाँस्थीत माथिल्लो अदालतले फैसला गर्ने तयारीमा छ । उनलाई २०१० मार्चमा मृत्युदण्डको फैसला सुनाइएको थियो ।

दुतावासले समेत सुनार निर्दाेष भएको आधारसहित ज्यान रक्षा गर्न पटक-पटक यहाँको अदालत र सरकारलाई पत्राचार गर्‍यो । तर, अर्का बन्दी अमरबहादुर बम हत्यामा संलग्न नरहेको भए पनि उनको विषयमा भने बहस पैरवी खासै हुन नसकेको स्रोतले बनायो ।

टीकाराम नेती/ यूएर्इ online khabar bata shavar

भिडियो हेर्न यहाँ तल क्लिक गर्नु होस् ।

0 comments:

Post a Comment