Tuesday, July 9, 2013

हेर्नुस त यो कस्तो अचम्म : छात्राहरुले ब्रा नलगाई परीक्षा दिनुपर्ने

परीक्षामा विद्यार्थीहरुलाई चिट चोर्नबाट रोक्न विभिन्न उपाय अपनाइन्छ । सबै सरीरको तलासी लिने तथा विद्यार्थीले चिट लुकाउन सक्ने स्थानमा विशेष निगरानी गर्ने समेत चलन छ हामीकहाँ । तर चोर्ने बानी परेका विद्यार्थीहरुले चिट लुकाउने तथा चोर्ने नयाँ नयाँ तरिका अपनाउन थालेर हैरान पार्ने गर्छन् । अझ आधुनिक प्रविधिको प्रयोगले विद्यार्थीलाई परीक्षामा चिट चोर्न सजिलो पारिदिएको छ । यस्तो भएपछि परीक्षामा विद्यार्थीलाई हलभित्र मोबाइल, क्यामरा जस्ता उपकरण लैजान निषेध गर्ने मात्र होइन खासगरी छात्राहरुलाई भित्री वस्त्र लगाउन समेत बन्देज लगाउनुपर्ने अवस्था आएको छ ।

समाचार अनुसार चीनमा विश्वविद्यालयका छात्राहरु परीक्षाको दिन परीक्षा हलभित्र ब्रा नलगाइकन जानुपर्नेछ । ब्रा भित्र मोबाइल तथा चिट समेत लुकाएर लैजाने क्रम बढेपछि एक विश्वविद्यालयले महिला परीक्षार्थीलाई ब्रा नलगाइकन परीक्षा दिन आउनुपर्ने नियम बनाएको हो । यस अन्तरगत अब छात्रा परीक्षार्थीहरुले माथिल्लो वस्त्र भित्र ब्रा लगाउन पाउने छैनन् ।
गाओंकाओं भनिने उक्त कठीन परीक्षाका दौरान विद्यार्थीहरुले चिट चोर्न नपाउन् र परीक्षा निष्पक्ष होस् भनेर विश्वविद्यालयले यस्तो नियम बनाएको हो । महिला परीक्षार्थीहरुले परीक्षामा सोध्न सकिने सम्भावित प्रश्न र उत्तर रेकर्ड गराएर आफ्ना ब्रा भित्र राखेर सुन्ने डिभाइस लैजाने र परीक्षा हलमा उक्त डिभाइस प्ले गरेर सुन्दै उत्तर लेख्दै गरेर चोरी गर्ने घटना बढेपछि यस्तो उपाय अपनाइएको बताइएको छ ।
अब परीक्षार्थी छात्राहरुले परीक्षा हलभित्र छिर्नुभन्दा अगाडि ब्रा लगाए नलगाएको मात्र होइन कुनै डिभाइस तल्लो अन्तरवस्त्रमा लुकाए नलुकाएको जाँच्न समेत मेटल डिटेक्टरबाट आफ्नो सरीर तलासी गराउनुपर्नेछ ।
हुनत चीनका सबै प्रान्तका विश्वविद्यालयमा यो नियम लगाइएको होइन । उत्तरपूर्वी जिनलिङ प्रान्तको एक विश्वविद्यालयले युवतीहरुलाई ब्रा लगाएर परीक्षा दिन नपाउने यस्तो नियम बनाएको हो । यो कठोर नियमप्रति विद्यार्थीहरुले आपत्ति समेत जनाएका छन् । एजेन्सी

भिडियो हेर्न यहाँ तल क्लिक गर्नु होस् ।

0 comments:

Post a Comment